काठमाण्डौ ।प्रतिनिधी शभाको मध्यावधी चुनावमा मतदाताहरुलाई प्रभाव पार्ने किसिमको बजेट नल्याउन सरकारलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुल आग्रह गरेका छन् ।
सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको अवस्थामा आँउदोे कार्तिक र मंसिरमा हुने निर्वाचनमा मतदातालाई प्रभावित पार्ने कुनै कार्यक्रम नसमेट्न पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तले आग्रह गरेका हुन् ।

पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, भोजराज पोखरेल, डा.अयोधिप्रसाद यादव, सूर्यप्रसाद श्रेष्ठ र दोलखबहादुर गुरुङले मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित बजेट नल्याउन संयुक्त विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।










