काठमाडौं । आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी सङ्गठनमार्फत विश्वभर सहकारी दिवस मनाउन थालिएको हो ।
यस वर्ष ‘सहकारीले अझ राम्रो विश्व निर्माण गर्छ’ भन्ने नाराका साथ विश्व सहकारी दिवस मनाउने गरिन्छ । नेपालसहित विभिन्न देशमा जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
दक्षिण एसियाली देशहरु नेपाल, बङ्लादेश, भारत र पाकिस्तानमा सहकारीको प्रभाव बढी छ । नेपालको पहिलो सहकारी बखान २०१३ चैत २० गते स्थापना भएको थियो । त्यसै दिनको सम्झनामा हरेक चैत २० गते राष्ट्रिय सहकारी दिवस समेत मनाउने गरिएको छ ।










