Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विष खाएर छटपटाउँदा पनि परिवारले अस्पताल लगेनन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2022

काठमाडौं । १५ असारको राती १० बजेतिर किशोरीको शव गोप्य ढंगले जलाउँदै गरेको भन्ने खबर प्रहरीमा आयो ।

घटनास्थलको लोकेसन थियो, पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुर ढोङ्गी खोलाको मसानघाट । मृतक थिइन, श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारी ।

किशोरीले घरमै विष सेवन गरेर आत्महत्या गरेको सूचना प्रहरीसम्म आइपुगेको थियो । तर प्रहरीलाई मात्रै हैन, गाउँलेलाई समेत खबर नगरी परिवारले घाटमा लगेर शव जलाएका थिए । घटना शंकास्पद देखिएपछि नजिकैको प्रहरी चौकी महुवनबाटे तत्काल टोली खटियो ।

हतार हतार ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीको टोली पनि मसानघाट पुग्यो । पौने ११ बजेतिर मसानघाट पुग्दा चितामा आगो दन्किरहेको थियो, मलामी गएका सबै प्रहरीलाई देखेर भागे ।

प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीका अनुसार शवको घाँटी भन्दा माथि र खुट्टातिरको भाग जलेको थियो । ‘असार १५ गते दिनभरी जस्तै पानी परेको थियो, राति पनि आकाशमा बादल लागेको थियो’, उनले भने, ‘पानी परे पनि आगो ननिभोस भनी शव जलाउन चिनी हाल्ने, पेट्रोल छर्कने जस्ता उपाय अपनाइएको रहेछ ।’

प्रहरी टोली चितामा बल्दै गरेको दाउरा बासको सहायताले हटायो । जल्न बाँकी शव मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइयो । प्रहरीले शव लैजान प्रयोग गरिएका र मलामी गएका चढेका ना ४२ प ७६९७ र ना २१ प ६८७ नम्बरका मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार घर परिवारका पुरुष सबै अहिलेसम्म वेपत्ता छन् । विश्रापुर छपकैयाबाट १८ वर्षीया युवतीसहित मृतक किशोरीका आमा ४० वर्षीया आशा देवी, ठूली आमा ५० वर्षीया उर्मिला देवीलाई असार १६ गते नै पक्राउ गरेको छ ।
उनीहरु विरुद्ध पर्सा जिल्ला अदालतमा ज्यान मार्ने कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको छ । अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद अनुमति दिएको प्रहरीले जनाएको छ ।

विष सेवन गरेर छटपटिँदै थिइन्, परिवारले उपचारका लागि अस्पताल लगेनन

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक किशोरीको गाउँकै फरक धर्म मान्ने एउटा केटासँग प्रेम सम्बन्ध रहेको तथ्य खुलेको छ । केटाले मृतक किशोरीलाई मोबाइल उपहार दिएका थिए । त्यसैको माध्यमबाट उनीहरुबीच नियमित तर लुकिछिपी कुराकानी हुने गरेको थियो ।

किशोरीकी दिदीमार्फत अभिभावकले यसबारेमा जानकारी पाए, त्यसपछि मोबाइल खोस्नुको साथै उनीमाथि कुटपीट समेत भयो । ‘तँ कतै जान पाउँदिनस’ भनेर उनलाई घरमै थुनेर राखियो ।

घरबाट बाहिर जान बन्देजमा परेकी उनले परिवारका सदस्यकै मोबाइलबाट सुटुक्क कुराकानी गरेर घरको स्थिति बारे केटालाई बताइन् । ३/४ दिन अघि मात्रै केटा उनलाई भेट्न घर नजिकै आएका थिए । लुकिछिपी भेटघाट गर्दै गरेको अवस्थामा उनीहरु समातिए ।

तर ती केटा आफू केटीको प्रेमीको साथी भएको र अवस्था बुझ्न आएको भनेर फुत्किए । किशोरीलाई घरपरिवारका सदस्यहरूले निर्घात कुटपिट गरे । घरबाट बाहिर आउन–जानमा झन कडाइ गरियो ।

मृतककी दिदीले प्रहरीमा दिएको बयान अनुसार घटनाको दिन असार १५ गते उनले आफ्नै पसलमा बिक्री गर्न राखिएको बिषादी खाएकी थिइन् । परिवारका सदस्यले विषादी खाएको जानकारी पाएका पनि थिए । तर उपचार गर्न लगेनन् ।

‘बहिनीले पानी खाएको खाएकै गरिरहेकी थिइ, उल्टी पनि भइरहेको थियो । विष खाइ भनेर बुवालाई खबर गरर्यौ, प्रहरीको बयानमा मृतककी दिदीले भनिन्, ‘बुबाले कसैलाई नभन्नु म आउँदैछु भनेर भन्नुभयो । तर बुवा आइपुग्दा बहिनीको प्राण गइसकेको थियो ।’ उनका बयान अनुसार कोठामा थुनेर राखेका कारण ती किशोरीको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।

त्यसपछि परिवारका सदस्यहरू मिली योजना बनाई कोही कसैलाई थाहा नदिई मोटरसाईकलमा राखेर शवलाई ढोङ्गी खोलाको किनारस्थित मसानघाटमा लगेर जलाएका थिए ।

फरक समुदायको किशोरसँग प्रेम सम्बन्ध रहेको आधारमा किशोरीलाई पटक पटक निर्घात कुटपिट गर्नु, विष सेवन गरिसकेको थाहा हुँदा हुँदै अस्पताल नलगी घरमै थुनेर राख्नु, गुपचुप ढंगले शव जलाउनु लगायतका कारणले प्रहरीले घटना आत्महत्या नभएर हत्या नै भएको हुन सक्ने शंका गरेको छ । र गम्भीर ढंगले अनुसन्धान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक उमेश बस्नेतले घटना शंकास्पद रहेको भन्दै भने, ‘विष खाएर आत्महत्या गरेकी हुन कि मारिएको हो अनुसन्धान भइरको छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी विमानस्थल घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved