Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडौँ उपत्यकामा हैजाको प्रकोप बढ्यो, १४ जनामा संक्रमण पुष्टि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2022

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ ।

यो सँगै असार २ गतेदेखि असार १५ गतेसम्म काठमाडौंमा १४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राका अनुसार हैजा पुष्टि हुनेमा चार जना महिला र १० जना पुरुष रहेका छन् । काठमाडौंमा उपत्यकामा हैजा फैलनुको मुख्य कारण दुषित पानी रहेको पाइएको छ ।

धाराको पानी, बोतल, जारको पानी र जमिनमुनिको पानीको चार वटा नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो । त्यस्तै ललितपुरबाट लिएको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमुनामा इकोलिन फेला परेको छ ।

छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम मानिन्छ । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो । यो दूषित पानी वा खाद्यवस्तुबाट सर्ने गर्छ । सङ्क्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ ।

निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजा लागेपछि तौल घट्दै गएमा, पेट दुखेमा, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने र जलवियोजन हुने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासको आग्रह छ ।

हैजाबाट बच्न पानी उमालेर खान, सकेसम्म घर बाहिरका खाना र बासी खानेकुरा नखान पनि डाक्टरको सुझाव छ । सङ्क्रमण फैलने जोखिम रहेकाले सचेत रहन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मिश्राको आग्रह छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved