काठमाडौं । खाेटाङकाे माटाेले जन्माएका चित्रकुमार कार्कीले मस्ट हिट्स अफ अ टेनिस बल विथ अ टेनिस र्याकेट ह्यान्डल् इन वान मिनेट टाइटलमा गिनिज वर्ल्ड रेकर्ड (विश्व कीर्तिमान) राख्न सफल भएका छन् ।
सुन्दरीजल रिसोर्टमा चित्रकुमार कार्कीले रेकर्ड बनाउन कार्यक्रम आयाेजना गरेको थिए ।कार्कीले उक्त रेकर्ड लाई एक मिनेट अवधिमा संसारकै छिटो २६० स्काेर बनाएका थिए । गिनिज वर्ड रेकर्डकाे गाईडलाइन अनुसार गरेको र रेकर्ड भएकोमा खुशी व्यक्त गरेका छन् ।

उक्त कारयक्रममा पत्रकारहरु,समाजसेवीहरु, टाइमकिपर लगाएतकाे उपस्थिति रहेको थियो भने,कार्यक्रम वल्र्ड रेकर्ड फाउन्डेसनले आयाेजना गरेको थियाे।










