Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शिक्षाको नाममा ठगि : मनपरी शुल्क असुल्दै धाेबिघाट स्थित लिभिङ स्टोन एकेडेमी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 27, 2022

 

काठमाडौँ । ललितपुरको नख्खुमा रहेको कोरियन खीष्टियन मिसनरीहरूले सञ्चालन गरेको स्कुल लिभिङ स्टोन एकेडेमीले मनपरी शुल्क असुलेको पाइएको छ ।

सो एकेडेमीले गुणस्तरीय शिक्षा दिने नाममा अभिभावकसँग मनपरी शुल्क असुलेको पाइएको हो ।                                                       

ख्रीष्टियन मिसनको नाममा स्थापित एकेडेमीले विभिन्न शीर्षकमा अभिभावकबाट मनपरी शुल्क असुल गर्दा अभिभावकहरू मर्कामा परेका छन् । एकेडेमीले अनाथ, गरिब, निमुखा तथा जेहेन्दार विद्यार्थीहरूलाई केही सहुलियत दिएतापनि मनपरी शुल्क असुल गर्दा अभिभावहरू विद्यालय प्रशासनसँग रुष्ट छन् ।

आफूलाई प्रतिष्ठित दाबी गर्ने निजी विद्यालय सञ्चालकले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका–२०७२’ विपरीत विभिन्न बहाना बनाएर शुल्क लिएको साेहि बिध्यालयका अविभावकले बताए। खीष्टियनको नाममा सञ्चालित लिभिङ स्टोन एकेडेमीले विद्यार्थी भर्नादेखि मासिक शुल्कमा र विभिन्न शीर्षकमा शुल्क लिएर अभिभावकलाई ठगिरहेको छ,’ विद्यालयका एक अभिभावकले भने, ‘ख्रीष्टियन आफैमा एक सामाजिक सेवा हो अहिले ख्रीष्टियनको नाममा स्थापित यो विद्यालयले मनपरी शुल्क असुली गरी अभिभावकलाई ठगी रहेको छ शिक्षा सम्बद्ध निकाय बेखबर छ ।’

अझ एकेडेमीले नख्खु नजिकै आफैले सञ्चालनमा ल्याएको स्टेश्नरी पसलमा चर्को मूल्यमा किताब र कापी किन्न लगाउने गरेको खुलेको छ । ‘लेखापालको दस्तखत विना र आधा टाइप भएको बिल पठाउँछ, स्कुल प्रशासनसँग यसबारे पटक पटक सम्पर्क गर्दा पनि सुनुवाइ हुँदैन,’ अभिभावकहरूको गुनासो छ ।

मनपरी शुल्क असुल गरेकोबारे विद्यालय प्रशासनसँग बुझ्न पटक पटक फोन सम्पर्क गर्दा पनि विद्यालय प्रशासन यसबारे सूचना दिन आलटाल गरिरहेको छ । बालबालिकाले गुणस्तरीय शिक्षा लिन पाउने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । चर्को शुल्कका कारण गरिब र जेहेन्दार विद्यार्थीले ठूला र नाम चलेका स्कुल प्रवेश पाउन पनि अत्यन्तै कठिन छ ।

शुल्कका नाममा शिक्षा क्षेत्रमा बेथिति देखिएको ललितपुर महानगरपालिका शिक्षा शाखाका अधिकृत नवराज रिजालले बताए । ‘नाम चलेका विद्यालयले लिने चर्को शुल्क अस्वाभाविक छ,’ रिजालले भने, ‘लिभिङ स्टोन एकेडेमीले विभिन्न बहानामा विद्यार्थीलाई चर्को आर्थिक व्ययभार पर्नेगरी शुल्क लिएको पाइए त्यस विद्यालयलाई छानबिनको दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’

शिक्षा क्षेत्रको लुटमा नियमनकारी शिक्षा कार्यालय, विभाग, मन्त्रालय मूकदर्शक बनेको सरोकारवाला बताउँछन्। कानुन विपरीत तोकिए भन्दा बढी शुल्क लिए अनुगमन टोलीले विद्यालयलाई कारबाही गर्न सक्ने स्थानीय तहका अधिकारीको भनाई छ । राताेपाटी न्युज बाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved