काठमाडौँ । सौन्दर्य प्रतियोगिताका नाममा ८ वर्ष अघि भएको यौन शोषणको घटनाका आरोपित मनोज पाण्डेले आफूले पीडित भनिएकी युवतीमाथि कुनै प्रकारको शोषण नगरेको बयान दिएका छन् ।
बुधबार काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको रिटमा पेस गरिएको पाण्डेको बयानमा आफूले युवतीमाथि कुनै शोषण नगरेको बरु युवती त्यति बेला नै डिप्रेसनको रोगी रहेको बताएका छन् ।











