१७७६ किलोमिटरको तिव्र गति (हाई स्पिड) रेलले सिनजियाङको क्षेत्रीय राजधानी उरुम्कीलाई गान्सु प्रान्तको राजधानी लान्झाउसँग जोड्छ ।
सिन्जियाङको ४६२ किलोमिटरसम्मको रेलमार्ग तिव्र हावा वहने क्षेत्रमा अवस्थित छ ।


केही खण्डमा त वर्षभर औसतमा २०० दिनसम्म २० मिटर प्रति सेकेन्डभन्दा बढी गतिमा हावाहरू बहन्छन् । हावाको अधिकतम गति ३२ मिटर प्रति सेकेन्डसम्म जान्छ ।
सन् १९९० को दशकमा सो क्षेत्रमा कुनै तिव्र गतिको रेलमार्ग नहुँदा हावाले उडाएर ल्याउने बालुवाले प्रायः रेलको लिकलाई छोपिदिन्थ्यो । जसले रेल सञ्चालनलाई अवरुद्ध बनाउँथ्यो । कैयौ मानिस लिकबाट बालुवा हटाउन खटाइन्थे ।

‘हावा यति जोडले आउँथ्योकि बालुवा हटाउन खटाइएका हामीहरु हावाले नउडाओस् भन्नका लागि डोरीको एक छेउलाई कंक्रिटको पोलमा बाँधेर आफैंलाई डोरीले बाँधेर बस्नुपथ्र्यो,’ ९० को दशकमा लिकको बालुवा हटाउने काममा संलग्न यूले सम्झिँदै भने ।
सन् २०१४ मा लान्झोउ–उरुम्की हाई–स्पीड रेलवे सञ्चालनमा आएपछि कैयौं विन्डब्रेक पूर्वाधारहरु प्रयोगमा ल्याइयो । जसले रेल सञ्चालनको सुरक्षा र सहजतामा ठूलो सुधार ल्यायो ।
रेलको छेउमा, हावा बाधाहरूको रूपमा डिजाइन गरिएका कंक्रीट पर्खालहरू छन् । पर्खाल सिन्जियाङमा ३४० किमी फैलिएको छ । यी पर्खाले धेरै हदसम्म रेल सञ्चालनको सुनिश्चितता गरेको छ । अन्यथा तिव्र हावाले रेलको आवागमन रोक्ने मात्र होइन, तिनलाई पल्टाउने सम्भावना समेत हुन्थ्यो ।
हावा तिव्र चल्ने क्षेत्रमा, १२० भन्दा बढि रेलवे पुलहरू छन् जसलाई स्टिल बोर्डले छोपेको छ । बोर्डमा साना साना प्वालहरु छन् जसले भित्र जीवनदायिनी हावाको सुनिश्चिता गर्छ ।
सिनजियान क्षेत्रमै होतान सहर र रोसियाङ काउन्टीबीचको रेलमार्ग पनि तकलामकान मरुभूमिको दक्षिणी छेउ हुँदै अघि बढ्छ । यो रेलमार्गको छेउछाउमा भने श्रमिकले झण्डै परालको ग्रिड बनाएर रुख विरुवा रोपेका छन् । सो क्षेत्रमा हरिया पोथ्रा र घास उम्रिन थालिसकेको छ, जसले बालुवालाई उड्नबाट रोक्ने अपेक्षा गरिएको छ ।
८२५ किमीको यो रेलमार्ग यही महिना उद्घाटन हुने समयतालिकामा काम भइरहेको छ ।











