खाेटाङ । खोटाङका विभिन्न विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि अहिलेसम्म सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन ।
समयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा पठनपाठनमा समस्या भएको हो । जिल्लामा ४ सय ८६ वटा सामुदायिक विद्यालय रहेका छन् । तीमध्ये करिब आधा विद्यालयमा मात्र पुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख सेमन्त गौतमले बताए । त्यसमा पनि यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ को पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन भएको छ । जसका कारण हालसम्म यी कक्षाका पाठ्यपुस्तक जिल्ला आइपुगेको छैन ।

‘अन्य कक्षाका आधाजति पाठ्यपुस्तक आइपुगेको छ । तर, कक्षा ४, ७ र ९ को पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन भएकाले पठनपाठन अन्योल बनेको छ,’ इकाइ प्रमुख गौतमले बताए । साङ्केतिक तस्विर










