काठमाडौँः नेकपा एमालेकी सांसद शान्ता चौधरीले नागरिकतासम्बन्धि व्यवस्थाका सम्बन्धमा संविधान र अध्ययादेश दुवै हातमा लिएर अध्ययन गरेर मात्र बहस गर्न आग्रह गरेकी छन् ।
चौधरीले सोमबार सामाजिक सञ्जालमामार्फत संविधानमा उल्लेख भएभन्दा नागरिकता विधेयकतामा केही फरक नभएको बताउँदै त्यस्तो आग्रह गर्न आग्रह गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो कसरी नाजायज भयो ? कसरी राष्ट्रियता विरोधी भयो भन्ने कुरा सत्य थाहा पाएर मात्रै बहस गरौं। संविधानमा उल्लेख भए भन्दा नागरिकता विधेयकमा केहि फरक छैन । संविधानमा केही त्रुटि छ भने त्यसमा पनि बहस गरौं ।’
संचारकर्मी बाट सभार :










