काठमाडौं । सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माद्वारा सङ्घीय सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को बजेटमा आगामी आर्थिक वर्षदेखि शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने व्यवस्था गरिएको छ ।

यस्तै ४० वर्षभन्दामाथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्था वर्षमा एकपटक नसर्ने रोगको निःशुल्क स्क्रिनिङको बजेटमा व्यवस्था गरिएको छ ।
रक्तसञ्चार सेवालाई सर्वसुलभ र व्यवस्थित गराउनका लागि सबै प्रदेशमा सहकारी स्वामित्वका ब्लडबैंक स्थापना गर्ने अर्थमन्त्री शर्माले बताए ।
सबै प्रदेशका सङ्घीय अस्पतालमा क्याथल्याबसहितको आकस्मिक मुटुको रोगको उपचार गर्ने व्यवस्था मिलाइएको छ ।










