काठमाडौँ । पश्चिम रुकुमको आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादीबाट अध्यक्षका उम्मेदवार रवि केसी नेपाली कांग्रेसबाट अध्यक्ष उम्मेदवार धिरेन्द्रकुमार वटालालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

उपाध्यक्ष पनि माओवादीले नै जितेको छ । माओवादीबाट उपाध्यक्षका उम्मेदवार धनकुमारी शाही नेकपा एमालेका उम्मेदवार दिनेश चन्दलाई हराउँदै शाही विजयी भएका हुन् ।










