काठमाडौं । रौतहटको गौर नगरपालिकाको मेयररउपमेयरमा नेकपा (एकीकृत समाजवादी) ले अग्रता लिएको छ ।
सुरुवाती मत परिणामअनुसार मेयरमा एकीकृत समाजवादीका शम्भु साह २७२ मतसहित अगाडि छन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ६५ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै कांग्रेसका मोहनकुमार यादव ४१ मतसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै उपमेयरमा नेकपा (एकीकृत समाजवादी) कै शैलकुमारी साहले २०१ मत ल्याएकी छन् । त्यस्तै उपमेयरमा कांग्रेसकी शाहजान खातुनले ७६ मतसहित पछ्याएकी छन् ।
गौर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहनगरसमेत हो । फेटाे : रताेपाटी बाट










