काठमाडौं । निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकअनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ । शुक्रबार बिहानदेखि देभरका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने आँकलन गरेको हो ।
देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन् ।

उनका अनुसार कतै मतदान हुन बाँकी रहेकाले त्यो अनमान बढ्न सक्छ । आयोगले निर्वाचनबारे विस्तृत जानकारी बेलुका ६ बजेको पत्रकार सम्मेलन गर्ने उनको भनाइ छ ।










