काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुबैले नयाँ सरकार गठनका लागि गरेको दावी खारेज गरेकी छन्। राष्ट्रपतिले दुबै दावी कमजोर रहेको भन्दै खारेज गरेकी हुन्।
शुक्रबार राति ११:३० बजे राष्ट्रपतिले सरकार गठनबारे यो निर्णय लिएकी हुन्। राष्ट्रपतिले दुबै दावीकर्तामा दोहोरो सांसदले समर्थन जनाएको तथा एमाले र जसपाले सांसदहरुको हस्ताक्षरलाई मान्यता नदिनु भनेकाले दावी नपुग्ने निर्णय गरेकी हुन्।












