Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खुकुरी प्रहारबाट आश्‍चर्यपूर्ण ढङ्गले बचें

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 31, 2022

राम प्रसाद अधिकारी ।                                                                  म नेपालका पूर्व र पश्‍चिमका विभिन्‍न जिल्‍लाहरूमा क्रिस्‍चियन धर्मप्रचारको यात्रा गर्दै थिएँ । भोजपुरदेखि सोलुखुम्‍बु पार गरी जिरी निस्‍केर करिब दुई महिनाको यात्रा पछि म काठमाडौं आइपुगेको थिएँ ।

भोलिपल्टै मैले धादिङबेसी जानुपर्‍यो । नवलपरासीका दिल बहादुर तामाङ दाजुले धादिङबेसीको पुछार बजारमा एउटा घर भाडामा लिएर चर्च सुरु गरे । मलाई इस्‍टर पर्वको मौकामा उक्‍त चर्च उद्‌घाटन गर्न र इस्टर र्‍यालीको सभामा प्रचार गर्न बोलाएका थिए । त्‍यो इस्टर पर्व इ.सं. १९९४ को अप्रिल ३ तारिक अर्थात् वि.सं. २०५२ चैत्र २१ गते बुधबारमा थियो ।

विगत छसात वर्षदेखि निरन्‍तर सुसमाचार प्रचार गर्दै आएको हुनाले मलाई प्रचार गर्ने बानी परिसकेको थियो र म ज्‍यादै जोसिलो भएको थिएँ । प्रचारमा नरम भाषाको प्रयोग गर्नुपर्थ्‍यो । तर मबाट एउटा भुल भएछ । त्‍यो भुल के थियो भने, मैले बाइबल धर्मशास्‍त्रको शन्‍तिपूर्ण जीवनको प्रतिज्ञासँग माओको एउटा भनाइलाई तुलना गरेको थिएँ । मेरो कुराले माओलाई तल पारेको थिएँ । मैले यसो गर्न नहुने थियो । किनभने यो ज्‍यादै संवेदनशील समय थियो । यसै पनि हामीले अरूको मामलामा हस्‍तक्षेप गर्नुहुँदैन । तर त्‍यो बेला ममा यो अक्‍कल आएको थिएन ।

वि.सं. २०५२ फागुन १ गतेदेखि माओवादी जनयुद्ध सुरु भएको थियो । गाउँगाउँमा माओवादी कार्यकर्ताहरू जागरुक हुँदै थिए । जनयुद्ध सुरु भएको दुई महिना पूरा भएको थिएन । मैले आफ्‍नो प्रचारमा भने, “माओले हाम्रो जीवनमा आत्‍मिक शान्‍ति दिंदैनन् । येसुले हामीलाई आत्‍मामा शान्‍ति दिनुहुन्‍छ ।”
धादिङबेसीको पुछार बजारदेखि सिरानबजारसम्‍म हरेक पाँच सय मिटरको फरकमा इस्‍टर र्‍यालीको सभा आयोजना गरेर मैले दिनभरि प्रचार गरेको थिएँ । म थाकिसकेको थिएँ ।

त्‍यो साँझमा दिल दाजुले चर्चका सयौं विश्‍वासीहरूलाई भेला गरेका थिए । चर्च उद्‍घाटन भयो । मैले चर्चमा प्रचार गरें । मैले अलि लामो प्रचार गरें । उपस्‍थित जवानहरूले केहीबेर प्रश्‍नहरू पनि सोधे । यसपछि फेरि दिल दाजुले बालअर्पण कार्यक्रम पनि राखेका रहेछन् । त्‍यो जिम्‍मेवारी पनि उनले मलाई नै दिए । मैले सबै कर्मकाण्‍ड सिद्ध्याएँ र घडी हेरें । रातको १० बजेको थियो ।

चर्चको कर्मकाण्‍ड सबै सकेर उपस्‍थित समुदायलाई ‘जयमसिह,’ ‘शुभरात्री’ भनेपछि भेला भएका विश्‍वासीहरू तुरुन्‍तै आआफ्‍ना घर फर्किहाले । म पनि घरबाट बाहिर सडकमा निस्‍कें । किनभने मेरो लागि सुत्ने बन्‍दोबस्‍त सिरानबजारमा भएको थियो । करिब एक किलोमिटर हिंडेर जानुपर्थ्‍यो ।
मसँग धादिङका सेवक आस बहादुर घले थिए । हामी दुई जना करिब बिस मिटरजति हिंडेपछि घलेलाई कसैले चर्चबाट बोलायो र उनी चर्चतिर फर्केर गए । म सडकमा एक्‍लै खडा भएको थिएँ । जब म सडकमा एक्‍लै भएँ, सडकको दायाँबायाँबाट चारपाँच जना केटाहरूले हातमा खुकुरी लिएर मतिर झम्‍टिए । एक जनाले भन्‍यो, “माओको विरोध किन गरिस् ? तँ खत्तम भइस् ।” उसले अरू धेरै कुरा भन्‍दै थियो । केके भन्‍यो मलाई स्‍मरण छैन । किनभने उनीहरूको अचानक आक्रमणले मेरो होस ठेगानमै रहेन । सायद यो मेरो मृत्‍युको क्षण थियो । म एक्‍कासी खुकुरीहरूका बिचमा थिएँ । उनीहरू आफ्‍ना हातमा खुकुरी लिएर मेरो नजिकनजिक आउँदै गर्दा मैले आफ्‍ना आँखाले हेर्न सकिनँ र आँखा चिम गरें । मैले पुकारें “येसु”। सायद मैले लामो प्रार्थना गरिनँ होला । किनभने यता मलाई मृत्‍युले प्रहार गर्न लागिरहेको थियो ।

अर्झट भएको आक्रमणको त्रासदीले अर्धचेत र आँखा बन्‍द अवस्‍थामा मेरा पाइलाहरू सडकमा अगि बढ्‍दै रहेछन् । सायद एक मिनेटसम्‍म पनि उनीहरूका हातको कुखुरीले मलाई काटेन । एकछिनपछि मैले आँखा खोलें । तर मान्‍छे देखिनँ । मैले यताउता हेरें । कोही मान्‍छे थिएन । सडक एकदम चकमन्‍न थियो ।

म दौडँदै अगि बढें । मेरो मुटुको धड्‍कन एकदम तेज भएको थियो । मैले घरीघरी दायाँबायाँ र पछिल्‍तिर फर्केर हेरें । मैले कसैलाई देखिनँ । बिच बजारमा पुगेपछि आर्मीहरू भेटें । बिस्‍तारै मेरो डर अलि कम हुँदै गयो । कोठामा गएपछि साथीहरूलाई यो घटनाको बारेमा बताएँ । उनीहरूलाई पत्याउन पनि गाह्रो भयो । माओवादीहरूले दिउँसो मेरो प्रचार सुनेदेखि नै मलाई मार्न विचार र योजना गरेका रहेछन् । म कसरी आश्‍चर्यपूर्ण ढङ्गले बाँचें ? मलाई नै थाहा छैन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चुनाव बिथाेल्न गाडिमा आगजनि गर्ने प्रसाईंकाे दुई सहयाेगी पक्राउ

  • March 3, 2026

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved