सुरेश यादब- नवलपरासी/आज पश्चिम नवलपरासीको रामग्राम–११ जमुवार्डमा रहेको हुलास अटोक्राफ्टले रामग्राम नगरपालिकाको कोभिड कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । उद्योगले सामाजिक उत्तरदायित्व बहन गर्दै महामारीको यो समयमा सहयोग स्वरुप १० लाख रुपैयाँ नगरपालिकाको कोभिड कोषमा जम्मा गरेको उद्योगका प्लान्ट हेड नितिन गाईकवाडले जानकारी दिनुभयो ।
उद्योगले काठमाडौंमा पनि सरकारलाई सहयोग उपलब्ध गराएको र उद्योग संञ्चालनमा रहेको जिल्लामा पनि सम्बन्धीत स्थानिय तहलाई सहयोग स्वरुप रकम उपलब्ध गराईएको उहाँले बताउनुभयो । रामग्राम नगरपालिकाले कोरोना महामारीमा सहयोग गरेकाेमा उद्योग प्रति आभार व्यक्त गरेको छ ।
गत वर्ष पहिलो चरणको कारोना महामारीमा सो उद्योगका एक सय बढि कर्मचारी संक्रमित भएका थिए । उनीहरुलाई उद्योगले चिकित्सकको निगरानीमा उपचार गरी निको बनाएको थियो । यस वर्ष भने कोहि पनि संक्रमित नरहेको उद्योगले जनाएको छ । हुलासले नेपालका लागि डिस्कभर ,पल्सर र पल्टिना मोटरसाईकल र विभिन्न ईलेक्ट्रोनिक्स समानको एसेम्बल गर्दै आएको छ ।











