खोटाङ । राष्ट्रिय युवा संघ ऐँसेलुखर्कले आयोजना गरेको खुल्ला पुरुष भलिबलको उपाधि रावा खोटाङ संयुक्त यातायात संघ र महिला भलिबलको उपाधि आयोजक ए समुहले जितेको छ । उपाधिसँगै पुरुष समुहले ५० हजार र महिला समुहले ३० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरुष तर्फ दोस्रो, आयोजक ए, तेस्रो राष्ट्रिय युवा संघ रावाबेसी र चौथो तरुण दल महेस्वरी भए । उनिहरुले क्रमस रु ३० हजार, २० हजार र १० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। महिला तर्फ दोस्रो नेपाली कांग्रेस बाकाचोल, तेस्रो मिलिजुली संयुक्त लोखिम र चौथो बाकाचोल संयुक्त समुह भए । उनिहरुले क्रमस २० हजार, १० हजार र ७ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै ब्याटमिन्टन तर्फ हुलास गुरुङ र महेश बिश्वकर्माको समुह प्रथम, भुमिनन्द राई र दिपेश राईको समुह दोस्रो र किशन अधिकारी र प्रबिन मग्रातिको समुह तेस्रो भएका छन् । उनिहरुले क्रमस रु १० हजार र ७ हजार नगद प्रदान गरिएको हाम्रा प्रतिनिधि युवराज भट्टराईले जानकारी दिए ।
१३ गतेबाट ऐसेलुखर्क बजारमा सुरु भएको खेल एमालेका प्रमुख सचेतक एवं पोलिटब्युरो सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए । खेलको समापन आज एमालेको केन्द्रिय सदस्य एवं पुर्व प्रदेश सामाजिक विकास मन्त्री उषाकला राईले गरेकी हुन् ।










