Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१५० सिलिन्डर अक्सिजन दियाे तिब्बत सरकारले नेपाललाई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 20, 2021

काठमाडौँ — चीनको तिब्बत सरकारले नेपाललाई १५० सिलिन्डर लिक्विड अक्सिजन दिएको छ । बिहीबार बिहान तिब्बत सरकारले ल्हासामा आयोजित एक कार्यक्रमा उक्त सिलिन्डर नेपाली महावाणिज्यदूत नवराज ढकाललाई हस्तान्तरण गरेको हो ।ल्हासास्थित नेपाली महावाणिज्यदूत ढकालले उक्त सिलिन्डर बिहीबार बिहानै नेपालका लागि हिँडेको जानकारी दिएका छन् । १५० सिलिन्डर लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका करिब ६ हजार सिलिन्डर भर्न सकिने पनि ढकालले बताए।

त्यस्तै तिब्बत सरकारले छिट्टै २ सय थान आईसीयू बेड, ५ थान भेन्टिलेटर र १० थान कन्सनट्रेटर दिने प्रतिबद्धता जनाएको छ । तिब्बतले स्थलमार्गबाट कोरोना रोकथाम तथा नियन्त्रणका सामग्री लिएर आउने कार्गोलाई बिनारुकावट पठाउने प्रयास गर्ने वचन दिएको पनि ढकालले बताए ।
त्यस्तै शानशीस्थित एक कम्पनीले दिएको ३० वटा अक्सिजन कन्सनट्रेटर शुक्रबार सिल्क ट्रान्सपोर्टमार्फत पठाइने पनि उनले जानकारी दिए। त्यस्तै तिब्बतको गुडविल फाउन्डेसनले ५० वटा अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरेको उनले बताए ।
निजी क्षेत्रबाट कोरोनासम्बन्धी सामग्री बोकेका २२ वटा गाडी तातोपानी भन्सार पुग्ने चरणमा रहेको र अक्सिजन सिलिन्डर कन्सनट्रेटरलगायतका स्वास्थ्य सामग्री बोकेका करिब १५ वटा गाडी खासा आइपुगेका छन् ।
त्यस्तै निजी क्षेत्रको एभरेस्ट ग्यासले पनि ४ हजार ५ सय वटा अक्सिजनका खाली सिलिन्डर नेपाल भित्र्याउन लागेको र ती सिलिन्डर यसै साता तिब्बत आइपुग्ने उनको भनाइ छ । विभिन्न सहयोग जुटाउन र अन्य समन्वय कार्यका लागि चीनको तिब्बत सरकारसँग महावाणिज्य दूतावास निरन्तर सम्पर्कमा रहेको पनि ढकालले बताए ।

तस्बिर : ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved