एलन अधिकारी। काठमाडौंको कालोपुल स्थित जेभियर इन्टरनेशनल कलेजको आयोजनामा गरिएको जेभियर इन्टरनेशनल मोडल युनाइटेड नेशन्स ” ४.०” भव्यताका साथ सम्पन्न भएको छ। सो कार्यक्रम २०७८ चैत्र ४ देखि ६ सम्म काठमाडौँको जेभियर इन्टरनेशनल कलेजमा आयोजना गरिएको थियो।
यस समापन समारोहका सभापतित्व जेभियर इन्टरनेशनल कलेजका उपप्राचार्य दिपेन दाहालले गर्नु भएको थियो। यसैगरी यस समापन समारोहको प्रमुख अतिथिको आशनमा संयुक्त राष्ट्र न्यूयोर्क, जेनेभाका पूर्व- प्रतिनिधि डा. रामबाबु ढकालले आशन ग्रहण गर्नुभएको थियो।

कार्यक्रममा डा. रामबाबु ढकालले हाम्रो विश्व यात्राले देखेको सकारात्मक वस्तुहरुलाई आफ्नो देश फर्केर लागु गर्नु पर्छ भनेर सम्बोधन गर्नुभएको थियो। साथै उहाँले संयुक्त राष्ट्र संघले खेलेको विश्वव्यापी भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो।
सो कार्यक्रममा सम्पूर्ण समितिको प्रमुख, उपप्रमुख र मध्यस्थहरुले सबै भन्दा उत्कृष्ट प्रतिनिधिहरुको नाम वाचन गरी यस कार्यक्रमका सभापति, प्रमुख अतिथि र सेक्रेटरी जेनेरलबाट पुरस्कृत गरिएको थियो।
३०० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिनिधिहरूको सहभागितामा आयोजना भएको जेभियर इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स ” ४.०” ले विश्वशान्तिको सन्देश पारित गरेको यस कार्यक्रमका निर्देशक दिपेन दाहालले (उपप्राचार्य, जेभियर इन्टरनेशनल कलेज) समारोहमा जानकारी गराउनुभएको थियो।










