प्रेम श्रेष्ठ, खाेटाङ । खोटाङको रावा बेसी गाउँपालिका-६ हौंचुर स्थित श्री शारदा मा.वि. हौँचुर मा पुर्ब प्र.अ. भद्र बहादुर राई अक्षयकोष स्थापना वि.व्य. स. अध्यक्ष विष्णु कुमार कार्की को सभापतित्व र रावा बेसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला को प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको छ ।
अक्षयकाेष दाता भद्र बहादुर राई दश बर्ष अगाडि सोही विद्यालय प्र. अ. हुनुहुन्थ्यो । अक्षयकोषको रकम रु.१,०१,१००।- (एक लाख एक हजार एक सय) रहेको छ । अक्षय काेष विद्यार्थीको शैक्षिक सुधार गर्ने उदेश्यले स्थापना गरिएको हो ।

अक्षयकाेषको रकमको ब्याज बाट विद्यालयको बार्षिक परिक्षामा कक्षा १ देखि १० सम्मका उत्कृष्ट अङ्क ल्याई प्रथम, द्वितीय, तृतीय र बिपन्न, जेहेन्दार एक/एक विद्यार्थी छात्र छात्रालाई पुरस्कार दिइने भएको छ ।
कार्यक्रममा वडा नम्बर ६ हौंचुर का वडा अध्यक्ष यज्ञनारायण श्रेष्ठ, शिक्षा शाखा प्रमुख तिर्थराज दाहाल, वि.व्य.स. पदाधिकारीहर, शि.अ.संघ का पदाधिकारीहरु, स्थानीय शिक्षाप्रेमी, बुद्धिजिवि, अभिभावक लगायत को उपस्थिति थियो ।










