Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्धको ‘महाअभियोग प्रस्ताव’ संसद्को सम्पतिका रूपमा रहने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 18, 2022

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्धको ‘महाअभियोग प्रस्ताव’ संसद्को सम्पतिका रूपमा रहने संसद् सचिवालयले जनाएको छ । सरकारले मंगलबार रातिबाट संघीय संसद्को अधिवेशन अन्त्यसँगै अब प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसद्को सम्पतिका रूपमा रहने संघीय संसद् सचिवालय सहसचिव एवं प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

उनका अनुसार जबराविरुद्धको महाअभियोग प्रस्ताव संसद्मा दर्ता भइसकेको र अब सैद्धान्तिक रूपमा सांसदले छलफल गर्ने र आफ्ना विचार प्रस्तुत गरेपछि महाअभियोग सिफारिस समितिमा गएर अनुसन्धानका काम अघि बढ्नेछ ।

महाअभियोग प्रस्तावमा दर्ता २१ बुँदा सन्दर्भमा छानबिन गरेर प्रतिवदन हाउसमा पेस गर्ने प्रक्रिया रहे पनि अब संघीय संसद् अधिवेशन अन्त्य भएसँगै महाअभियोग प्रक्रिया संसद्को सम्पतिका रूपमा मात्रै रहने सहसचिव एवं प्रवक्ता पाण्डेले प्रस्ट पारे । संसद्को अर्को अधिवेशनमा महाअभियोग प्रक्रिया ‘एजेन्डा’का रूपमा प्रवेश भई छलफल हुने उनले बताए ।

‘अबका दिन पनि कार्यव्यवस्था परामर्श समिति बैठक बसिरहने भएकाले प्रधानन्यायधीशविरुद्धको महाअभियोग प्रक्रियामा एजेन्डा फाइनलका लागि सुझाव संकलन, छलफलमा समय निर्धारण, दलीय हिसाबमा कति समय उपलब्ध गराउने र दलबाट संसद्को नाम उपलब्ध गराउने विषयमा छलफल हुने’ पाण्डेले जानकारी दिए । योसँगै संसद्मा टेबुल भएका धेरै विधेयक पारित हुनबाट रोकिएका छन् ।

‘अहिले महाअभियोग प्रस्ताव संसद्को आफ्नो प्रोपर्टीका रूपमा दर्ता भइसकेको छ । हाउसमा पेस भएको, टेबुल भइसकेको प्रस्ताव अब सैद्धान्तिक छलफल भएर मान्यज्यूले आफ्ना विचार व्यक्त गरिसकेपछि सिफारिस समितिमा गएर अनुसन्धानका काम अघि बढ्नेछन्,’ पाण्डेले भने, ‘त्यसमा उल्लेख गरिएका २१ बुँदा सन्दर्भमा त्यसको छानबिन गरेर प्रतिवेदन हाउसमा पेस गर्ने प्रक्रिया हुन्छ । त्यसरी पेस गरेको प्रक्रियाबाट आएको प्रतिवेदनउपर छलफल भएपछि बल्ल यसले मतदानमा प्रवेश गर्छ ।’

मतदानमा प्रवेश गरेपछि ‘यदि अहिले कायम कुल संख्याको दुईतिहाइ पुग्यो भने प्रधानन्यायाधीश पदमुक्त हुनेछन् । अन्यथा उनको पद कायमै रहने पाण्डेले प्रस्ट पारे । ‘यो प्रक्रिया लामो नै हुने स्थिति देखिन्छ, अहिले हाउस अन्त्य भएका कारण थप समितिमा जाने प्रक्रियामा अघि बढ्न सकेन,’ उनले भने, ‘संसद्को अर्को अधिवेशन सुरु भएपछि यस छलफल हुनेछ ।’ राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved