रंजीत शर्मा – जेठ ५, नवलपरासी । पश्चिम नवलपरासीकाे दक्षिणी सिमामा सशस्त्र प्रहरीले चलाएकाे गाेली लागेर एक स्थानीय युवक गम्भिर घाइते भएका छन् ।
गाेली लागेर समाजसेवी बच्चा रायका छाेरा २२ वर्षे अविनाश राय घाइते भएकाे स्थानीयले बताएका छन् । घटना के कारणले भएकाे खुल्न सकेकेा छैन ।

घटना प्रतापपुर गाउंपालिका वडा नं. ६ कठहवामा जेठ ५ गते बुधवार विहान साढे नाै बजेकाे हाे । सीमातर्फ जांदै गरेका ३ जना नेपाली युवकलाई लक्षित गरि प्रहरीले गाेली चलाएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले सीमामा गाेली चलाएकाे घटनाले स्थानीयमा त्रास बढेकाे छ । सीमावर्ती गाउं नेपाल भारत दुबैतर्फकाे अवस्था तनावपुर्ण बनेकाे छ । सशस्त्र प्रहरीलाई घटनाबारे जानकारी लिन फाेन गर्दा नउठेकाे अवस्था छ ।










