बिनोद मण्डल -जेठ ५, सिराहा ।
लकडाउन किसानको लागि कोसेढुङ्गा सावित भएको छ । कोरोना विश्वव्यापी माहामारी चलिरहेको वर्तमान घडीमा विश्वका अधिकांश देशमा आर्थिक मन्दीको स्थिति सिर्जना नभएको होइन । प्राकृतिक विपति अनेकन मुहार फेरेर आउनेक्रम पनि जारी नै छ । भूकम्प ,चट्याङ , आधी तुफान , अतिवृष्टि ,अनावृष्टि भइरहनु मानविय जीवनका नकारात्मक पक्षहरू मानिन्छ ।

विश्वका अधिकांश देशमा आर्थिक आधारको मुख्य पाटो भनेको उद्योग ,कलकारखाना ,अनेकन किसिमका रोजगारीहरु जीवन सञ्चालनको मुख्य अभिन्न अंग मानिन्छ । यी त भए विकसित देशका कुरा तर अल्पविकसित र विकासोन्मुख देशहरूमा मानव जीवनको मुख्य आधार भनेको कृषि नै हो प्रसंग नेपालको ।
नेपालको तीन खण्डहरू उत्तरी भागमा पशुपालन मध्य भागमा फलफूल ,पशुपालन ,तरकारी खेती त्यस भेगका बासिन्दाको जीवन सञ्चालनको आधार मानिन्छ । तराई समथर मैदान भएकोले यहाँ अनेकन किसिमका बालीनाली लगाइन्छ । तर गर्मी याममा सिराहा, धनुषा लगायतको अधिकांश भागमा लगाइने खिरा, तरबुजा खेती यसपटकको नेपाल बन्दको कारण खेतमा कुहिन थालेको छन् । नियमित बजारमा बिक्री नहुँदा खेतमा फलिरहेको तरबुजा कुहिन थालेको धनुषा कमला खोलाका किशान शिवनाथ मुखिया बताउनुहुन्छ ।
चैत वैशाख महिनामा शितलता प्रदान गर्ने फलको रुपमा परिचित तरबुजा र खिरी यसपटक बजारमा बिक्री नहुँदा करोडौंको घाटा परेको किसानहरु बताउँछन् । समयमा मल खादको सास्ती भोग्दै आएका किसानहरूको बालीनाली प्रती सरकार गम्भीर नहुँदा यतिबेला आम जनता महँगो मूल्यमा दैनिक उपभोग्य वस्तु किन्न बाध्य छ भने अर्कोतिर किसानमा भएको तरकारी वाली कुहिने क्रम पनि जारी रहेको छ ।
समयमा किसानको समस्याप्रति गम्भीर नहुने र अन्तिममा उखु किसान जस्तो स्थितिको सिर्जना गरेर मृत्यु बरण गराउने सरकार यतिबेला किसानको खेतबारीमा उब्जनी भएको तरकारी र फलफुल जन्य वस्तुलाई व्यस्थपान तीर ध्यान दिनुपर्ने गर्ने बेला आएको छ ।










