५ जेठ, बेसिशहर -लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रेक्टरकाे भूकम् लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५:४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको गएको हो।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, गुल्मी ,कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ ,म्याग्दी लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पले बेसिशहर नगरपालिका-६ चनौटेमा घर भत्किदा उमा गुरुङ घाइते भएकी छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ । कोरोनाको डरमा बसेका मानिस भूकम्प गएपछि भुलभुले आसपास क्षेत्रका सर्वसाधारण थप त्रसित बनेका छन् ।










