माघको अन्तिम तिरको समय थियो । अत्तिनै चिसो त हुँदैन तर बिहानको समयमा लुगा राम्रोसङ्ग नलगाए चिसोले कठ्याङ्गृनु पर्थ्यो । २/ ३ दिन देखि कुहिरो छिचोल्दै घामले हामिसम्म पुग्न सकेको थिएन । क्लबको जिम्मेवारी, क्लब क्लब भन्दै नै परिक्षा बिगार्नु हुँदैन है
तिमिलेू अभिबाबक र शिक्षक आफन्तले दिने आदेश जस्तै सुझावहरुले गर्दा हैरान हुन्थे । उहाँहरुको यस खालको सुझावलाई स्विकार्दै ब्यस्त भइरहन प्रयास गरेपनी, कहिलेकाहीँ दिक्क हुदै म खेल्नु, टि भि हेर्नु मा मात्र आफुलाई सिमित राख्न पनि खोज्थे । घरायसी कामकाज आदिमा पनि सङ्लग्न हुन्थे तर यसो हेर्दा साथीहरूले अरु सामु आफुलाई भन्दा धेरै मलाई नै कामको लोड परिरहेको छ झैँ देखाउन खोज्थे ।
चप्पल बजाउदै हामी बिधालय तिर जादै थियौं । हरेक दिन नयाँ नयाँ अनुभवहरु बटुल्दै थियौं जस्ले गर्दा छुट्टै खुसी उमंगको महसुस हुनु स्वभाबिक थियो । सानै उमेरमा नै कति व्यापक हुन पाएको छौँ झैँ लाग्थ्यो ।

इन्द्रजितले साइकल निकै नै लापरबाह पुर्बक चलाइउदै हामी तिर आयो, पग्ली, आफू पनि पग्ली छे हाम्लाई पनि पागल बनाइदिन्छे । जब उस्ले मलाई पग्ली भन्थ्यो, म सङ्गै हिडिरहेकि साथीलाई सहन नै गाह्रो हुन्थ्यो । ओए थारू, गधा चोर के भनिस, फेरि भन तू उनी झगडा नै गर्न तम्सिन्थिइन ।
उ साइकल घुमाउथ्यो, हामी नजिक आएर भन्थ्यो ओए फुच्ची तँ चुप लाग है,। तलाई केइ थाहाँ छैन । तलाइ नै होइन, हाम्रो एक सरले प्रसङ्साको पुच्छर भन्ने गर्थे । यो तेरो दिदी हो कि बहिनी हो, यल्लाई सम्झा, ओभर स्मार्ट हुन खोज्छे ।
म साथिको हात समाउथे चुप चुप, यल्लाई तिमी ठिक पार्न सक्दिनौँ ।इन्द्रजित ले मलाई घुरेर हेर्थ्यो । उ अन्य समयमा, हाम्रो लागि सहयोगी र राम्रो साथी थियो, उस्को अनुहार र लर्बरिएको आवाज अनि उ कापिरहेको हुन्थ्यो, आज नसामा छ भन्ने बारे टाढा बाटै हेरेर थाहाँ हुन्थ्यो ।
आइ लभ यू मैचाङ् , आइ लब यू चुलबुले प्रसङ्सा अरु केटाहरूले तिमीहरूलाई मन नपराए पनि मलाई त मन पर्छ यार ।ू
साइकल घुमाएर, कुदाउन खोज्दै थियो, खाल्डो मा खस्यो ।
मर्छ के यो त आज फेरि क्लासमा के भएको थियो र साथी आत्तिदै उठाउन खोज्दै थिइन, मैले रोके । के को क्लास नि, यस्ले ट्युसन पढ्दैन, अहिले यो नसामा छ । तिमी योसङ्ग नबोल ।
हो र यो पनि नसामा फसिरहेको छ र उनी अचम्मित हुन्थिन ।
बिबेकले हामी नेर पुगेर घ्याच्च साइकल रोख्थ्यो । केटाले आँट गरेकै हुन, के हो कान्छिहरू अब इन्द्रजितलाई कस्को हिरो बनाइदिउँ भन त ।
ह्या चुप लाग तिमी ।
मुभी हरू अत्ति नै हेर्नुले हिडडुल गर्दा म आफुले आफुलाई हिरोईन झैँ ठान्थे र नक्कल पारी पारी बोल्न खोज्थे । मेरो साथीहरू पनि त कम थिएनन् , हामी सबैजना लगभग उस्तै थिएँउ । मेरो साथी पनि केहि फरक आवाज निकाल्दै भन्न थाल्थिइन, अप्पि बिबेक के हो के, कहाँ बाट यता आइपुग्यौ?
किन छक्क पर्या म तिमीहरूको तिर आउन नमिल्ने हो र ?
बिबेकले मलाई हेर्थे प्रसङ्सा, अब यिन्लाई पनि क्लबको सदस्य बनाउनु पर्छ । आजकल हाम्रो तिर तिमिले लेखेको नाटकको तारिफ गरेर नै अघाउदैनन् । म एक्लैले त्यो नाटक लेखेकी थिइन तर बिबेक आफुले नै हर बखत मेरै तारिफ गरेर अघाउदैन थिए । प्रायजसो भनिरहन्थेआज हामी जहाँ छौँ, प्रसङ्साले गर्दा नै हो ।
तिमी चाहिँ यत्ती सुनाउन यता तिर आएको हो क्या हो यत्ती भन्दै त हुन्थे उनी फेरि भन्न थाल्थे ?
चुपलाग तिमि१ हामिले कस्तो कस्तो योजना बनाइसक्यौँ, स्कुल भित्र अब फेरि तहल्का मच्चाउन पर्छ । तिम्रो बुवा र हाम्रो बुवाले नै अत्ति गरे के, यिनिहरूलाई खोइ कसरी ठिक पार्ने होला झैँ भैसक्यो । तिम्रो बुवाले तिमिलाई हाम्रो तिर आउन नदिनी, हाम्रा बा चाहिँ बरु रक्सी खाने पैसा भैजान्छ मेरो लागि थोरै पनि खर्च गर्न सार्है लोभ गर्छन् । सबैभन्दा बढी बाल अधिकार हनन त हामी माथी भैरहेको छ ।
साथी चुपचाप रहन्थिइन । म भन्ने गर्थे : तिमी बुझ्दैनौँ, बुवाले मेरो धेरै केयर गर्नु हुन्छ । मैले रातिमा, अरुको घरमा बसेको मन पराउनु हुन्न । अनि धेरै नै चकचक गरेर घरलाई रंगमञ्च जस्तो बनाएको पनि, उहाँलाई मन पर्दैन ।
ह्या कत्ति रिस उठ्दो बानी छ के तिम्रा बा को, तिन्ले मात्र तिम्रो केयर गर्न जान्या छन ररु कहिलेकाहीं त हाम्ले पनि तिम्रो केयर गर्न पाए हुनेथ्यो त ।
खाल्डोमा खसेको इन्द्रजित, बल्लबल्ल उठेर खाल्डो भन्दा माथी आइसकेको हुन्थ्यो । साइकल खच्याङ् खुचुङ् गर्दै भन्थ्य त्यै त हाम्ले पनि केयर गर्न सक्छौ नि । यो प्रसङ्सा मेरि पनि छोरी हो ।
हामी हासो कन्ट्रोल नै गर्न सक्दैन थियौं । बिबेक मेरो नजिक उभिदै भन्थे ए यिन्ले त प्रसङ्सालाई आफ्नी छोरी झैँ पो ठान्दै हैरान बनाउने रहिछन् । नाम इन्द्रजित हुँदैमा केटाले इन्द्रलाई नै जितेर आए झैँ पो आँट गरे त ।
हामी हास्दै हुन्थ्यौँ, उ अझैँ बढी हसाउने कुरा गर्थ्यो यो मेरो छोरी त हो नि । मेरो छोरी जन्मे पछी यो जस्तै बनाउने मन छ ।
मेरो त बुढी हुन । हासिरहेका हामी, एकाएक बिबेकलाई हेर्न थाल्यौं । बिबेकले मेरो साथिलाई हेर्दै भन्थे तिमीहरु जस्लाई पनि प्ले बोय भन्दै हुन्छौ । अबदेखी मलाई चाहिँ प्ले बोए भन्ने नगर है । तिमीहरू मेरो सोल्टिना हो अनि प्रसङ्सा चाहिँ मेरो बुढी हुन।
चुपलाग, तिमि त मेरो भाइ होनि । स्कुल जान्नौ, अहिलेसम्म पनि ड्रेस लगाएकै छैनौं । त्यसै त सबैलाई मैले नै बिगारे झैँ भइरहेको हुन्छ ।
ूए हो त यार, ड्रेस लगाएकै छैन । थ्याङ्क्यू आसा दिदि मेरो पढाईका बारेमा यति धेरै ख्याल गर्नु हुन्छ । म भन्दा ठुलो उमेरको झैँ देखिने बिबेकले, नाटकमा हामी दिदि भाइ बनेकोले मलाई त्यो समय तिर आशा दिदी भनिरहनुले कुनै कुनै बेला त खिल्ली उडाएझैँ महसुस हुन्थ्यो । उनी आज्ञाकारी विद्यार्थी झैँ साइकल कुदाउदै आफ्नो घर तिर मोडिन्थे ।
गोडा खोच्याउदै इन्द्रजित हामी नेर आउँथ्यो । प्रसङ्सा क्लब तिम्ले त बनाएको हो । बरु भनन सबिनाले साच्चै बिबेकलाई मन पराउछिन र तिम्ले जे पनि गर्न सक्छौ सबिना लाई कि यताको कि उताको बनाइदेउ न ।
क्लबको सदस्य बन्न नरूचाउने इन्द्रजित, सबिनाकै निहुँ बनाउदै क्लब बारे खुबै चासो राख्थ्यो । म सङ्गै हिडिरहेकी साथीले हुक्क हुदै भन्थिन । के हो के तिमीहरु क्लब भित्रै पनि यस्तो किन गर्दै हुन्छौ ?
इन्द्रे सबिना तिम्रै हुन चिन्ता नलेउ । म साथिलाई वास्था नगरे झैँ गर्दै इन्द्रजित सङ्ग बोल्थे ।
पक्का हो नि
उ मलाई नै बिस्वास गरेझैं गर्दै, मैले नै सबिना मिलाइदिनेछु झैँ ढुक्क हुदै कुन्नी कहाँ पो जान्थ्यो ।
किन नाचिदिएकी थिइन कुन्नी यस्तासङ्ग सबिना नै चाहियो भन्दै मलाई हैरान बनाइरहन्छ । साथी हास्थिन ।
सबिना पनि अत्ति गर्छिन है, आज फेरि स्कुलमा रमाइलो हुने भयो ।
इन्द्रजित थारू भएपनी थारू झैँ देखिदैन थियो । न त भाषा न त शरिरको रङ, बनावट नै थारू झैँ थियो । हामी सङ्ग नै खुबै मिल्थ्यो, उस्का घर वरपरकाहरू को पढाई राम्रो हुनाले, बोर्डिङ स्कुलमा पढ्नेहरूसङ्ग हुर्केको हुनाले, उ पनि आफू पहिले राम्रै बोर्डिङ स्कुलमा पढेको हुनाले उस्को पढाई खासै नराम्रो थिएन । हुन त ८ कक्षामा पढ्दा सम्म नै पनि उ बल्ल बल्ल लेख्थ्यो, भनेको कुरा पनि त्यति राम्रोसङ्ग लेख्न जान्दैन थियो । कम्सेकम हाम्रो क्लासकै अन्य धेरै साथीहरू झैँ, जो ए बि सि डि पनि राम्रोसङ्ग लेख्न जान्दैन् थिए ।
उनीहरुको सामु उ केही ट्यालेन्टेड थियो । बिद्यालयमा धेरै जसो साथीहरू ड्रक्सको प्रयोगमा फसिरहेको बारे सुन्दै हामी हैरान भइरहेको हुन्थ्थौँ । केही दिन अघि हामीले हामी जस्तै बच्चाहरू कुलत, लागु औषध प्रयोगमा नफसेको भए हुनेथ्यो सोच्दै नै जनचेतना मुलक सडक नाटक देखाएका थियौं । आफ्नै वरपरका साथीहरूले लागू औषध ओसारपसार गरिरहेको बारे थाहाँ हुँदा हुँदै पनि सचेत गराउने कोसिस गरेकै हुन्थ्यौँ त्यैपनी सुधार्न एकदम नै गाह्रो परिरहेको थियो ।
साथीले भन्न थाल्थिइन जस्तो घरमा हुर्क्यो त्यस्तै नै त सिक्ने हो नि है । यस्को मामा पर्दैनन् र तिम्रो घर नेर घर भएकाहरू, कत्ती चोटि जेल गइसकेको बारेमा हल्ला भइरहेको हुन्छ ।
अँ त हो नि जत्ती गरेपनी सुधृने भएनन् तिनीहरु । त्यो फर्सी पनि त यस्कै अङ्कल त हुन नि शिक्षक भएर पनि त्यस्तो नगरे हुन्थ्यो नि, रक्सी खाएर क्लास भित्रै कत्ती घिन लाग्दो भएर आएको हुन्छन् ।
हो के त्यस्तो सरलाई त स्कुलबाट निकाल्दिए हुनेथ्यो नि । अस्ति हाम्रो क्लास पढाउन आउदा कुर्सीबाट लडेको बारे सुन्यौ कि सुनिनौँ ।
म हास्न थाले । मलाई बिबेकहरुले भनेको थिए । बिबेकहरु पनि उस्तै छन् । उट्पट्याङ् काम गर्दै हिड्छन् । बस्ने ठाउँमा कौछो राखिदिएको थिए रे बिचरा धन्न मरेनछन् ।
मलाई त थाहाँ छैन यार कौछो हालेको बारे । देख्न चाहिँ देख्यौं लडेको, भोलिपल्ट पल्ट, पर्सि पल्ट तिर कौछो राखेका बारे हल्ला त गर्दै थिए । के हो र कौछो भनेको
म र सबिना बाहेक धेरै जना केटि साथिहरुलाई कौछो बारे थाहाँ थिएन । म र सबिना पो प्राय केटा साथीहरू सङ्गै मात्र हिड्थ्यौँ, बस्थ्यौँ । त्यो समय तिर हामी हाम्रो धेरै जना केटा साथीहरूले झैँ कौछोलाई ब्यागमा नै बोक्दै हिड्थ्यौँ । कौछो देखाएर साथीहरूलाई तर्साउनुमा छुट्टै मजा पाउथ्यौँ ।
कौछोको बारेमा खोइ कसरी बुझाइदिउ । रोख हाम्ले स्कुलको अफिस पछाडिको भित्तामा लुकाएर राखेको छौँ ।
त्यो तिर हेरेपछी पनि चिलाउछ भनिरहेको हुन्छन् नि, म त हेर्दिन ।
उन्लाई कुन्नी कस्ले पो त्यस्तो भनेको थियो कुन्नी उनि भन्थिइन रन्देउ मेरो शरीर छिट्टै चिलाउछ । म त हेर्दिन । जति फकाउदा पनि उन्ले हेरिनन् त्यसपछि हाम्ले झरना थापा नायिका भएको चलचित्र कहाँ छौ कहाूँ हेर्ने सल्लाह दिएको थियौं । र भनेको थियौं त्यो हेर्यौ भने कौछो को बारेमा थाहाँ पाउछौ ।
धन्न मैले र सबिनाले गरेको धेरै बदमासीहरु बारे हल्ला भएन । जुन मलाई र सबिनालाई बाहेक अरुलाई थाहाँ थिएन । थाहाँ भएको भए सायद निकै बेइजती सहनु पर्थ्यो ।
हामीले एकदिन हामी सानो हुदा सबिना र मलाई, सानो भन्दै हेपेर पिट्ने साथीहरू छान्यौँ । बिहानै ४ बजे नै स्कुल पुगेर उनीहरु बस्ने मुनि कौछो राखिदिएको थियौं । सिलाइकटाई गरेर यति कमाएको छौँ त्यति कमाएको छौँ भन्दै निकै धाक देखाउथे । साथीहरूलाई चोकोपन, चाउचाउ, नमकिन, समोसा आदि खुवाउने हुदा, कक्षा भित्र धेरैजसो समय अरुकै कुरा काट्दै बस्ने हुदा केही साथीहरू उनीहरुलाई अत्ति नै रुचाउथे । सबै जना स्कट लगाउनेहरु नै थिए । बरु चिसो भइरहेको हुन्थ्यो चिसोले गर्दा दात बजाइरहेको हुन्थे तर ट्राउजर लगाउदैन थिए । हामीलाई राम्रैसङ्ग मौका मिल्यो, बेन्चमा उनीहरुको नाङ्गो गोडा, घुँडा छोइने तिर पनी कौछो दलेको थियौं ।
सबिनाको दिदी ललिता दिदिको परेला उक्काउने चिम्टी कौछोलाई च्याप्ने औजार को रूपमा बन्यो । त्यो कुच्चियो । हाम्रो नाटक लेख्नको लागि हामिले छुट्याएको समय अनावश्यक खेर गयो । त्यस्को रिजल्ट हामीले सोचे भन्दा नराम्रो भयो । हामिले त कौछोले त्यति धेरै असर पार्ला भन्ने बारे सोचेकै थिएनौं । उनीहरुलाई धेरै गार्हो भयो हामीले गरेको गल्तीको सजाय हामीले नै पाएझैँ हुन्थ्यो, जब उनीहरु ३ दिनसम्म नै स्कुल आइदिएनन् ।
कम्सेकम जिल्ला स्तरीय परिक्षा नजिकिदै भएकोले उपस्थित हुनुपर्थ्यो, हुन त पहिलेपनी रेगुलर क्लासमा उपस्थित हुदैन थिए । हामी उनीहरुको नै घरमा गएर बोलाउदा पनि लाज लाग्छ भन्दै स्कुल गइदिन्न थिए । एक जना साथीले त झन पढाइ नै छोडिन । त्यस्को दोषी हामी नै हो सोच्दै हामी निराश थियौँ । एउटै बेन्चमा बस्नी त्यिँ दुईजना साथिले भागेर बिहे गरेको बारे हल्ला सुनिन थालेपछि हाम्रो कारण होइनरहिछ भन्ने थाहाँ पायौं । अनि थाहाँ पायौं हामी उनीहरु नजिक जाने बित्तिकै बोल्दै गरेकाहरु किन चुपचाप रहदा रहिछन् भन्ने बारे ।
म क्लबको उपाध्यक्ष थिए भने, सबिना सल्लाहकार थिइन् । त्यसपछि हामीले नै हामी जो सुकैको स्कुलको भएपनी, जो सुकैले पनि कौछो बोकेको थाहाँ हुने बित्तिकै शिक्षक सङ्ग कम्प्लेन गर्नु पर्ने र क्लब भित्रकोले त झन कौछो बोकेको थाहा हुने बित्तिकै जरीमाना तिर्नुपर्ने कुरालाई क्लबको आचारसंहितामा राख्यौं ।
क्लबको बारेमा निकै सोच्ने, राम्रो स्थानमा पुर्याउन हरबखत कोसिस गरिरहने भन्दै साथीहरूले जति जति मेरो तारिफ गरिरहने गर्थे । मलाई चाहिँ हामी जहाँ छौँ सङ्योगले गर्दा पो हो झैँ लाग्थ्यो, उस्लाई भइरहेको कठिनाईको बारेमा भन्ने गर्थे । हुनपनी सङ्योग जन्मजात अपांग थियो, जेठो छोरा सङ्योगले बुवा जिबित छन वा मृत्यु भइसक्यो भन्ने बारे थाहा पाएन । उस्को मम्मिले तथा वरपरकाले थाहाँ पाएको थिए वा थाहाँ नपाएझैँ गरेको थिए कुन्नी, रोगी र बूढो हजुरबुवा हजुरमाको ख्याल गर्दै उ हुर्क्यो । हामी मध्य कोहि साथिलेपनी गलत बाटोमा नफसेको भए हुनेथ्यो सोच्दै, हामी सचेत रहन्थ्यौँ ।
फलानो अङ्कललाई हाम्रो बुवाले ठिक पार्न सक्नु हुन्छ । वाला डाइलग साथीहरूले चर्चामा ल्याउथे भने म चाहिँ,
म सङ्ग आइडिया छ, मैले त झन नाडी पनि समाउननै पर्दैन । म त नछोएर नै ठिक पारिदिन्छु । भन्ने गर्थे । हामी त जिस्किदै भन्ने गर्थ्यौ ।
बास्तबमै हामीले नै ठिक पारे झैँ हुन्थ्यो । त्यही ठाउँ तिरकै मान्छेहरूले भन्ने गर्थे त्यिँ बच्चाहरू हाम्रा घरमा आए देखि नै हाम्रा बुढाले भुइँमा खुट्टा टेक्न सक्ने भएका छन । त्यो अघि त खोइ कोसिस गरि हेर त भन्दै कत्ति भन्ने गर्थ्यौँ भनेकै मान्दैन थिए ।
हामिलाई लाग्यो सायद त्यिँ अङ्कल आफू एक्सिडेन्ट्मा परेर लङ्गडो झैँ भएपछि, छोरा दिनेसले पनि एक्जामहरु बिगार्दै थियो त्यसैले आत्मबल कमजोर बनाएको थिए । दिनेशको आमाले निद्रामा बर्बराउछन् , बाच्न नै मन छैन भन्ने गर्छन मैले पो कसरी आफुलाई सम्हाल्ने खोइ भन्ने गर्थिन । हामीले घरमै गएर सबै सामु दिनेशले राम्रो गित गाउन सक्छ । पढाइ पनि राम्रै त छ भन्नुले दिमाग खुस्केझैँ भएका दिनेशको बुवा निकै साहसी झैँ देखिएको थिए । अनि सुनाएको थिए आफ्नो बिगतको केही अनुभवहरु, कुनै बेला उत्कृष्ट कृषक बन्न सफल भएको उनिबाट उन्को अनुभव सुन्न पाउँदा हामिलाई पनि प्रेरणा मिलेको थियो ।










