सोही नीतिअनुसार मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरूसँग भेटघाट गरेका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न ओली आफ्ना पार्टीका नेताहरूसहित बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवाले आन्तरिक रूपमासमेत एमसीसी पास गर्ने गृहकार्यका लागि नेताहरूलाई खटाएका छन् भने उनले बालुवाटारमा दैनिकजसो गठबन्धनमा आबद्ध दलका नेताहरूलाई छुट्टाछुट्टै संवादसमेत जारी राखेका छन् ।
सरकारले गत ८ फागुनमा प्रतिनिधिसभा बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव टेबल गरिसकेको छ । तर, टेबल गर्ने विषयमा सहमति दिएका दल र ती दलका शीर्ष नेतृत्व नै अहिले एमसीसीको विपक्षमा मतदान गर्ने भन्दै सरकारी नीतिकै विरोधमा छन् । राजधानी दैनिक










