काठमाडौं। सन् २०२२ मा अष्ट्रेलिया हुने टी–२० विश्वकपमा पुग्ने नेपालको सपनामा अधुरो रहेको छ ।ओमान स्थित अल अमिरात क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो ।युएईले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८.४ ओभरको नोक्सानीमा १०७ रनमा अलआउट हुनपुग्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन जोडे ।विवेक यादव ८, कुशल भुर्तेल ७, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् ।

युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे ।नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।










