Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बीओकेको कर्जा ब्याजदरमा मनपरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 22, 2022

काठमाडौं। बैंकहरूमा तरलता बढेसँगै बैंकहरूले विभिन्न अफर दिँदै, लोभ्याउँदै, ब्याजदर घटाउँदै कर्जा लिन उत्प्रेरणा जगाउने गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले दिने यिनै लोभका कारण मध्यम बर्गका जो निश्चित आयस्रोतलाई आधार मानेर कर्जा लिन पुग्छन्, उनीहरू नराम्रोसँग जाक्किन पुग्छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल पनि यस्तै चंगुलमा फसिसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले गरेको एक कार्यक्रममा उनले भने, ‘मलाइ सुरुमा सस्तो ब्याजदरमा कर्जा दिए । तर, त्यसको तीन हप्तामा नै अचाक्ली बढाएर दुःख दिए ।’

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले परिवर्तन नहुनेगरी प्रवाहित कर्जाको ब्याजदरसमेत विभिन्न वाहानामा बढाउने गरेका थिए । घर तथा गाडी खरिदका लागि प्रवाहित कर्जामा बैंकहरूको मनपरी चलिरहेको छ । फिक्स ब्याजदरमै प्रवाहित कर्जामा समेत दर बढाउन थालेपछि केद्रीय बैंकमा सयौं गुनासा पुगे ।

बैंकहरूले ऋणीलाई मात्र हैन निक्षेपकर्ता पनि महँगो ब्याजदरमा निक्षेप गर्न लगाएर खबर नै नगरी ब्याजदर घटाइ दिन्छन् । ऋणीहरूलाई त आफू ठगिएको जानकारी नै नहुने गरी बैंकहरूले झुक्याइसकेको हुन्छ । आज एउटा दर कायम गरेर ब्याज लिने र त्यसको ब्याज दर भोलिपल्ट नै बिनाजानकारी ऋणको ब्याजदर बढाइदिन्छन् ।

एटीएम कार्ड, पिन नम्बर रिकभर, चिप्स मर्मत, बैंक स्टेटमेन्ट, चेकबुकलगायतका विविध यावत् विषयमा त खबर नै नगरी बैंकहरूले खाताबाट रकम काटिरहेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरूसँग ऋण लिने क्रममा घोषणा गरिएको बैंकको ब्याजदरमा पटकपटक वृद्धि भइरहँदा व्यवसायी धरासायी हुने अवस्थामा पुगेका छन् ।

बैंकले ऋणीहरूको ब्याजदर लगातार वृद्धि गरिरहेका हुन्छन् । ऋणीले निश्चित समयमा ऋण तिर्नेगरी कर्जा लिएका हुन्छ, एउटा कबुलमा महिनैपिच्छे ब्याजदर तिर्छ तर उसले सोचेजस्तो हुँदैन र पटकपटक ब्याजदर बढिरहन्छ ।

यसरीबिना खबरबिना जानकारी कर्जाको ब्याज बढाउनेमा बैंक अफ काठमाडौं (बीओके) अग्रस्थानमा पर्छ । २०७३ सालमा हायर पर्चेजमा कर्जा लिएका एक ऋणी बीओकेको कर्जा जालमा फसिरहेका छन् ।

उनले कर्जा लिएको महिना दिनदेखि नै लगातार बीओकेले कर्जामा ब्याज निरन्तर बढाइरहेको छ । मासिक ३८ हजार ४ सय ४५ रुपैयाँ तिर्ने गरी कर्जा लिएका उनी त्यतिबेला झस्के जब मूल कर्जा खासै नघटेको स्टेटमेन्ट हातमा प¥यो । सुरुमा १५ हजार १ सय ४३ रुपैयाँ ब्याज तिर्दा मासिक २३ हजार रुपैयाँ कर्जा घट्दै जाने भनेर भनिएकोमा पछि हुँदा हुँदा ब्याज झन् झन् बढाउँदै लगेको उनले गुनासो गरे ।

कर्जा र ब्याज तिर्दै जाँदा कर्जा घट्दै गई कर्जाको रकम बढ्दै गई ब्याज रकम घट्दै जाने अपेक्षा उनले गरेका थिए । तर, बीओकेले भने जतिजति कर्जा तिर्दै गयो त्यति त्यति कर्जाको प्रिन्सिपल रकम घटाउँदै ब्याजदर बढाउँदै लग्यो ।

उनले भने, ‘सुरुमा ३८ हजार मासिक तिर्दा कर्जाको ब्याज १५ हजार लाग्ने र मूल कर्जा २३ हजार लाग्ने भनियो । यो हिसाबले अर्को महिनाबाट ३८ हजार तिर्दा त मूल कर्जाको रकम बढ्दै जानुपर्ने हो नि । तर, बीओकेले जति जति ईएमआई भर्दै गयो त्यति त्यति ब्याज प्रतिशत पो बढाएको रहेछ ।’

२०७५ सालसम्म आउँदा बीओकेले ब्याज रकम २६ हजारभन्दा बढी पु¥याइयो । दुई वर्ष कर्जा तिर्दै गएपछि ब्याज रकम घट्दै जानुपर्नेमा झन् झन् वढायो । बीओकेले शतप्रतिशतभन्दा बढी ब्याज बढाएर आफूलाई ठगेको उनको गुनासो छ ।

बीओकेलगायतका बैंकहरूले यसरी ठगी गरेको भन्दै राष्ट्र बैंकमा उजुरी परेपछि भने राष्ट्र बैंकले २०७७ कात्तिकबाट लागू हुनेगरी स्थिर ब्याजदर लागू गर्नुपर्नेगरी निर्देशिका जारी गरेको छ । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved