— कृष्ण कुँवर

उहाँले भन्नु भयो हेर छोरी ,तिम्रो बिहे गर्ने उमेर भयो । यत्तिको केटा पाउदा -तिमिले बिहे गरिनौ भने पछुताउनु पर्छ ।
आमाले धेरै संझाउनु भयो । अर्को दिन् केटाको बुबाआमालाईं बोलाई मेरो बिहेको कूरा गर्नुभयो। दुबै पक्ष सहमति भए।
ऋण खोजेरै भएपनि आमाले राम्रो प्रकारले बिहे गराईदिनुभयो।
त्यसपछि ठुलो घरानाकी बुहारी धेरै काम आफैले समाल्नु पर्दा पढ़ाई पनि छोड्नु पर्यो । टीचर भै सेवा गर्ने सपना बिहेपछि सक्कियो। बिहे पछिका ३/४ महीना राम्रै भए हामि खुशिनै थियेऊ।
एकदिन माइतिघरकी आमालाई सम्झी २ जनाकै सहमतिमा हामि माइती घर हिडेउ। माइतीघर पुग्नै लाग्दा ,खोलाखेते बाजेले देखिहाले।
हैन नानि, कत्ति सुहाएको जोड़ी, ईस्वरले तिम्रो जोड़ीलाई सधै ख़ुशी राखून् , हेर्दा हेर्दै यी नानि ले पनि बिहे गरिन् । केहि कोशेली दिईं म माइती घर पुगे।
श्रीमानको फोनको घण्टी बज्छ ,ऊनि फोन उठाएर हत्तपत्त बाहिर जान्छन, र मस्किदै केहि कूरा गर्छन त्यसपछि फोन राखेपछि खाना खाएर
आमा सङ्ग केहि कूरा गरि घर फर्किएं।
श्रीमानमा एकाएक परिबर्तन आयो , उनको पहिलेको बोली परिबर्तन भयेको थियो। ऊनि फेरी पनि कसैको प्रेममा फसेको थाहा भयो।
यही कारण हामि दुइ जनाको बीचमा झै झगड़ा हुन थाल्यो सधै यही बिषय लाईं लियर डिस्कस भैरहने हुदा हाम्रो डिबोर्स सम्म हुने स्थिति आयो । अन्तत हाम्रो प्रेम असफल भयो । श्रीमानलाईं झगड़ा ले जित्न खोजें सकिन। प्रेमले सम्झाएं सकिन । अन्तत मन् मा बेदनाको गाठो पारेर ,आँखा चिम्लेर डिबोर्स पेपरमा साइन गरें।
त्यस पश्चात घर, माइत ,कतै बस्न मन लागेन , दुबईमा जान्छु -केहि समय त्यहाँ बसेर कमाएको पैसाले जिबनमा केहि गर्छु, भन्ने उधेश्यले दुबई आएं यहॉं ४बर्ष जति बसें ।त्यसपछि नेपाल लागें ।
माइती घरमा पुग्नु भन्दा अघि खोलाखेते बाजेलाई बोलाएँ तर भाँड़ा माझ्दै गरेकी उनकी बुहारिले ति बाजे मरिसकेको बताईंन् ।म निराश भै घर पूगें । नयाँ भाई बुहारी पिढिमा बसिरहेका थिए। आमाले भित्रबाट मेरो आवाज सुनी हतारिदै आयेर भनिन्।
एलिना? तँ आइस ? संचै आइस?
मैले भने, अँ आमा संचै आईपुगे।
गाउँमा रहदै बस्दै गर्दा एउटा केटाले सधै पछ्याई रह्यो मैले पहिलो प्रेममा ,बिबहामा धोका पाएको कूरा सम्झिए र पनि उस्ले दिएको हजारौ आस्वाशन ले मलाई परिबर्तन गर्न सफल भयो। उस्ले मलाई गरेको प्रेम मैले बुझ्न सकिन। म प्रेममा यती सारै डुबेछु ,म निस्कनै नसक्ने भईछु मेरो पेटमा उस्को नाशो हुर्कदै गरेको कूरा मलाइ थाहा भयो तर जब मेरो पेटमा बच्चा भएको थाहा पाएं तब मैले मेरो प्रेमिलाई खोजें तर कतै भेटाइन।
गाउँमा पनि ‘घर गरि खान नसकेकी बुहारी’, भन्न थाले जिबनमा निराशा छाईरहेको थियो। मेरो पेटमा बच्चा भएको कूरा सबैतीर थाहा भएछ ।
म छाँगा बाट खसेजस्तै भएं । मेरो जिबनमा फेरी बज्रपात भयो ,मैले फेरी धोका पाएं। म अब यो संसारमा रहनु उचित छैन। धोका धोका, धोका, म रुदै कोठाभित्र पसें ।
बाहिर पानी बर्षि रहेको थियो, आकाश गर्जदै चट्यांङ, हान्दै थियो । बिहान कोठामा पसेकी छोरी बेलूका सम्म बाहिर ननिस्किदा आमालाई अचम्म लाग्यो । आमाले ढोका घचघच्याउदा ढोका खोलिएन
छोरीलाई बोलाउदा छोरी नबोलेको ले आमालाई शंका लाग्यो ।
त्यसपछि भाई बुहारी आए, ढोका बल गरेर बल्ल तल्ल खोलियो तर भुइमा लडिरहेको अबस्थामा छोरिले मुखमा फिंज निकाल्दै अन्तिम स्वाश फेर्दै थिईन्, नजिकै पोइजन को सानो सीसी थियो।
गाउँमा सबैलाई खबर गरियो ,दौडाउदै हस्पिटल लगियो तर बाटैमा एलिनाले आफ्नो जीबन गुमाइंन् , उनले देखेको सपना,उनको चाहाना अपुरो भयो ,अधुरो भयो। उनले साँचो प्रेमलाई चाहींन् तर ‘प्रेम’ उनि बाट भाग्यो । उनले प्रेम पाउन सकिनन् । जिबनमा शान्ति को स्वाश फेर्न पाइनन् । अब कहिलै शान्तिको स्वास् फेर्न पाउने छैनन् ।
फेरी आज बेंशीका काकाले, त्यों घरमा खोलाखेते बाजेको घर हुदै घिउ र चामल लियर आए तर ख़ुशी मनाऊंन होइन तर १३औ दिनमा सान्त्वना दिन ,सम्बेदना प्रकट गर्न….
प्रिय हो तपाईंहरुले एलिनाको कथा सुन्नु भयो। यो ५०%सत्य कथा हो । निराशाको कथा , धोका, अधुरो प्रेम,…..
साँचो प्रेम संसारमा पाउन गारो छ ,त्यसैले संसारमा साँचो प्रेम नपाइने भएरनै स्वर्गबाट तपाईलाई र मलाई प्रेम गर्न, प्रेम बाड़न येशू ख्रीष्ट संसारमा आउनुभयो , उहाँको प्रेम साँचो छ उहाँमा धोका र छल भन्ने कूरा पाईदैन । उहाँले हामीलाई ईस्वरिय प्रेम गर्न सिकाउनु भएको छ । जस्ले उहाँको प्रेमलाई बुज्छ, उस्ले एलिनाले जस्तै जीबन गुमाउनु पर्दैन तर उहाँको प्रेमले ख़ुशी दिन्छ आनन्द दिन्छ, जीबन दिन्छ।
खुशी थिए रे सबैजना, म जन्मेको साँझ, बेंशीका काकाले काखिमा लोकल कुखुरा र घ्यू बोकेर ‘साहिली भाउजुले छोरी पाइछिन् त्यतै हिडेको है मत ‘ भन्दै खोलाखेते बाजेको घरको बाटो हुदै हाम्रो घरमा आएका थिए रे । हाम्रो घरमा र गाउँमा सारै खुशियाली छाएको थियो रे ,किनकी धेरै छोरा जन्मिसकेपछि त्यो घरमा पहिलो छोरीको रुपमा मैले जन्म लिएकी रैछु।
ति खोलाखेते बाजेको घर बेशीमा जांदा बाटैमा पर्थियो- म बेंशिको खेतमा घाँस काट्न जादै थिएं-
आंगनमा लट्ठीको टुप्पामा चिउँडो टेकाउदै खोलाखेते बाजेले
अस्ती भर्खर जन्मेकी यी नानि यती ठूली भैसकिन, अब त नानिको बिहे गर्ने बेला पनि भयो, कोही खानदानी केटा आयो भने बिहे गर्दा हुन्छ है नानी।
यी बुढाको घरबाट हिडनै पर्ने ,अर्को सजिलो बाटो भएको भए अर्कै बाटो जाने थिए , म झर्किदै बेंशी तीर लागें।
स्कुल जादै थिए, पढ़ाई राम्रै थियो । दाई भाई ले घरको काममा ध्यान नदीदा मैलेनै आमालाई सघाउनु पर्थियो ।घरको काम गर्दै स्कुल पढ्दै बल्ल तल्ल सरकारी स्कूल बाट एस. एल. सी. सिध्याय ।
एस. एल.सी. को रिजल्ट आएपछि डांडाको स्कुलबाट हशिलो चेहरामा झर्दै थिएं , ति खोलाखेते बाजेले दाम्लो बाट्दै बसेका रैछन् ।
सधै बाजे सङ्ग झर्कियेर बोल्थिए , आज चाहीं राम्रै किसिमले बोल्नुपर्यो भन्ने सोचें ।
मैले भने- बाजे ! बाजे!! मैइले एस. एल्. सी. पास् गरें ।
होर नानि! ‘लो नानीले सारै खुशीको कूरा पो सुनायोत हौ’
अब नानि एस. एल सी. पास् पनि गरेउ राम्रो केटा आयो भने अब नानिको बिहे गराई दिनुपर्छ।
खोलाखेते बाजेले फेरी झर्किने बनाए-मैले झर्किदै उत्तर दिए, ह्य्या.. बाजे पनि खाली एउटैकुरा …
म आफ्नो बाटो लागें ,खुशीको कूरा आमालाई पनि सुनाएँ। आमाले ख़ुशी हुदै स्याबाशी दिनुभयो।
मैले घरको काम गर्दै भएपनि क्याम्पस् पढ्ने अनुमति आमासंङ्ग मांगें ,पढ़नको निम्ति अंकलले खर्च जुटाईदिनुभयो। क्याम्पस् पढ्ने क्रममा १ जना केटा जो मेरै उमेरको थियो । उस्ले मलाई पछ्याई रह्यो उस्ले मसङ्ग बोल्न निकै प्रयत्न गर्थियो । तर म बोल्ने इच्छा नगरी पढ़ाई सिध्यायेर घर फर्किने गर्थिएं ।
म क्याम्पस् जाने आउने क्रममा धेरै दिन् नै उस्ले म सङ्ग बोल्ने प्रयत्न गरिरह्यो , १ दिन् उस्ले म आउने बाटो छेकेरै भन्यो
एलिना, म तिमिसंग केहि कुरा गर्न चाहन्छु। उस्को अनुहारमा केहि डर थियो कम्पित स्वरमा उ बोलिरहेको थियो।
मैले भनें- भन के भन्नु छ?
म क्याम्पस् आएको पहिलो दिन् देखिनै तिमीलाई नियाली रहेको छू तिम्रो सरलता, र भद्रताको कारण म प्रभावित भयेको छू । मैले तिम्रो मुहारलाई हृदयमा लुकाई सकेको छू। साँच्चै आँखा चिम्लेपनि तिमीलाई देख्ने गरेको छू । मन्मनै तिमीलाई मन पराईसकेको छू । साच्चै नै म तिमीलाई मन पराउछु । उ बोल्दै थियो ।
तर ति कुराको वास्ता नगरी म आफ्नो बाटो घर तीर लागें – ति खोलाखेते बाजे त्यही आगन मा रैछन् , मैले मन मनै सोचें ति बाजे भित्र पसेको बेला स्वाट्टै आंगन काट्नु पर्यो, फेरी , बिहेकै कूरा गर्छन यी बाजेले -भन्दै मकैको बोटको छेल पारेर केहि छिन् बसेपछि, बाजे भित्र पसे अनि म घरतिर लागें।
मैले मन्मनै क्याम्पसको घटना लाई सम्झिए, भोली पनि त्यों केटाले त्यही कूरा गर्ने होला, अब के गर्नेहोला ? मैले सोचिरहें।
भोली पल्ट क्याम्पस छुट्टी भयो फेरी त्यों केटा म आउने बाटो छेकी पहिलै बसेको रैछ ।
म तर्केर हिडनै लाग्दा उस्ले बाटो छेकी पिलिज् एलिना मेरो कूरा सुन, भन्दै बिन्ति गर्न थाल्यो। उस्ले फेरी भन्यो म तिमीलाई साँच्चि मन पराउछु, म बिहे गर्न तयार छू ।
यो केटाबाट छुटकारा पाउन मैले केहि भन्नै पर्छ-
मैले मुख खोलें -हेर कमल , मैले मेरो बुबाको सपना पूरा गर्नुपर्छ, मेरो बुबाले, मैले पढ़न नसकेपनी मेरो छोरा छोरीलाई मैले राम्ररी पढाउनु पर्छ भनेर जीबन भर अरूको हलो जोत्नु भयो , बृद बुबा ले हाम्रो भबिस्य हेर्दा हेर्दै अरूको घरमा काम गर्दा गर्दै उहाँले आफ्नो शरीरको ख्यालै गर्नु भएनछ उहाँलाई दम को रोगले लग्यो । म ८ कक्षामा पढ्दै गर्दा बुबाले संसार छोड्नु भयो । मैले बुबाको सपना पूरा गर्नु पर्छ ,
मेरो बुबाको कूरा गर्दै गर्दा बुबाकोमुहार आँखामा आइरहेको थियो मेरो आँखा बाट आँसू को ढिक्का खसेको पत्तै पाइन् ।
म बोल्दै गएँ,- म टीचर बनेर अरूको सेवा गर्नु छ । यो उमेर पढ्ने उमेर हो बिहे गर्ने होईन।
म बोल्दा बोल्दै उस्ले मलाई बिचैमा रोक्यो । हैन एलिना म तिम्रो सपना पूरा गर्न सहायता गर्छू, ‘मलाई -तिमीलाई सहायता गर्ने मौका देऊ’….
म घर तीर लागें , सबै कूरा लुकाई राख्न सकिन , क्याम्पस बाट आउँदाको सबै घटना आमालाई सुनाएँ। आमाले त्यो केटा आफ्नै पर्ने र आफुले चिने जानेको खानदान को भनेर बताउनु भयो ।
उहाँले भन्नु भयो हेर छोरी ,तिम्रो बिहे गर्ने उमेर भयो । यत्तिको केटा पाउदा -तिमिले बिहे गरिनौ भने पछुताउनु पर्छ ।
आमाले धेरै संझाउनु भयो । अर्को दिन् केटाको बुबाआमालाईं बोलाई मेरो बिहेको कूरा गर्नुभयो। दुबै पक्ष सहमति भए।
ऋण खोजेरै भएपनि आमाले राम्रो प्रकारले बिहे गराईदिनुभयो।
त्यसपछि ठुलो घरानाकी बुहारी धेरै काम आफैले समाल्नु पर्दा पढ़ाई पनि छोड्नु पर्यो । टीचर भै सेवा गर्ने सपना बिहेपछि सक्कियो। बिहे पछिका ३/४ महीना राम्रै भए हामि खुशिनै थियेऊ।
एकदिन माइतिघरकी आमालाई सम्झी २ जनाकै सहमतिमा हामि माइती घर हिडेउ। माइतीघर पुग्नै लाग्दा ,खोलाखेते बाजेले देखिहाले।
हैन नानि, कत्ति सुहाएको जोड़ी, ईस्वरले तिम्रो जोड़ीलाई सधै ख़ुशी राखून् , हेर्दा हेर्दै यी नानि ले पनि बिहे गरिन् । केहि कोशेली दिईं म माइती घर पुगे।
श्रीमानको फोनको घण्टी बज्छ ,ऊनि फोन उठाएर हत्तपत्त बाहिर जान्छन, र मस्किदै केहि कूरा गर्छन त्यसपछि फोन राखेपछि खाना खाएर
आमा सङ्ग केहि कूरा गरि घर फर्किएं।
श्रीमानमा एकाएक परिबर्तन आयो , उनको पहिलेको बोली परिबर्तन भयेको थियो। ऊनि फेरी पनि कसैको प्रेममा फसेको थाहा भयो।
यही कारण हामि दुइ जनाको बीचमा झै झगड़ा हुन थाल्यो सधै यही बिषय लाईं लियर डिस्कस भैरहने हुदा हाम्रो डिबोर्स सम्म हुने स्थिति आयो । अन्तत हाम्रो प्रेम असफल भयो । श्रीमानलाईं झगड़ा ले जित्न खोजें सकिन। प्रेमले सम्झाएं सकिन । अन्तत मन् मा बेदनाको गाठो पारेर ,आँखा चिम्लेर डिबोर्स पेपरमा साइन गरें।
त्यस पश्चात घर, माइत ,कतै बस्न मन लागेन , दुबईमा जान्छु -केहि समय त्यहाँ बसेर कमाएको पैसाले जिबनमा केहि गर्छु, भन्ने उधेश्यले दुबई आएं यहॉं ४बर्ष जति बसें ।त्यसपछि नेपाल लागें ।
माइती घरमा पुग्नु भन्दा अघि खोलाखेते बाजेलाई बोलाएँ तर भाँड़ा माझ्दै गरेकी उनकी बुहारिले ति बाजे मरिसकेको बताईंन् ।
म निराश भै घर पूगें । नयाँ भाई बुहारी पिढिमा बसिरहेका थिए। आमाले भित्रबाट मेरो आवाज सुनी हतारिदै आयेर भनिन्।