दावा शेर्पा ,कठमाडौ । नेपालमा अन्य कमाई खाने माध्यम नभएपछि Pathao धन्दा ! फस्टाएको छ । तपाईले आजभोलि मोटरसाइकलकाे अगाडि मोबाइल होल्डर जडानमा मोबाइल राखेर ठाउँ ठाउँको चाेक गल्लीमा ग्राहक कुरी रहेकाे देख्नु हुनेछ । त्यसमा डिग्री होल्डर र पत्रकार समेत संलग्नता भएर न्यून पैसा असुलेर ग्राहकलाई गन्तव्यमा पुराउन तत्पर देखिन्छ ।
यस कार्यमा लागेपनि नलागे पनि कुनै पर्वाह छैन, तर लागिपरेका छन् । अन्य काम नभएपछि लाचार बेरोजगार लाखौं युवा जमातकाे ज्यान जोखिमपूर्ण ब्यबसाय र Pathao कारोबार धन्दालाई सुचारु गर्ने अनुमति कसले दियाे ? तपाईँहरु आफै अनुमान लगाउनु होला । आजभोलि काठमाडौ शहरमा दैनिक पेट पाल्ने माध्यम पठाओ, नामकाे ब्रान्ड भएकाे छ । Pathao ब्रान्ड आफैमा अत्यन्तै जोखिम छ भने अबैध धन्दा नै ठहरिन्छ । यसकाे जिम्मा सरकाले लिने कि नलिने भन्ने प्रश्न बनेको छ ।

झट्ट हेर्ला तुच्छ शब्दकोषले घोचिएकाे ठाडाे आदेश जस्तै देखिने “पठाअो” नामक ब्रान्ड बंगाली देशका नागरिकले ल्याएको योजना हुन । उक्त देश हाम्रो नेपाल भन्दा गरिब छन्, तर नेपाल जस्ताे खुल्लम खुल्ला लुटिखाने धन्दा र भ्रष्टाचार फस्टाएको देश हाे नेपाल, उच्च तहका कर्मचारी प्रशासन र ब्याक्तिलाई थाेरै कमिसन खुवाए बापत सजिलै मान्छे मार्ने धन्दा चलाउने लाईसेन्स दिएकाे देखियो ।
बेरोजगारी लाचार नेपाली युवाहरु टाउकाे भरी रिनमा मोटरसाइकल चलाएर पठाअो ब्रान्डलाई दैनिक कमाई बाट २०% रकम बुझाउने सर्तमा पर ब्याक्ति नेट रु.२५००/ सय रुपियाँका दरले कम्पनीलाई बुझाए बापत दैनिक ब्यस्त शहरमा ज्यान जोखिम कारोबारमा सामेल गराउनेछन् । काठमाडौंकाे ब्यस्त सडकमा ट्राफिककाे टाउकाे दुखाइकाे बिषय पठाअो स्थापना अबैध ढंगले सुचारु गराउने अनुमति दिएको देखिन्छ ।
यसरी खुलेआम अबैध र असुरक्षित ढंगले सुचारु गरिएका ब्रान्डलाई लुटिखाने आदेश नेपाल सरकारले दिएकाे देखिन्छ । “पठाअो” ब्रान्ड सुचारु गर्ने अनुमति दिने गिराेहमा उच्च तहका कर्मचारी, पत्रकार, प्रशासन र राजनितिक ब्याक्तिकाे मिलेमतो देखिन्छ ।”पठाअो” नाम दिएर खुलेआम लुट्ने अनुमतिपत्र लिएर चलाएको धन्दा बंलादेशी नागरिक नेपाल भन्दा गरिब देशका जनताले हैकम चलाएको देश नेपाल भन्दा फरक नपर्ला ।
दैनिक हातमुख जोर्न गरिब जनताका छोराछोरीले रोजगार खोजिरहेको छ, तर सजिलैसँग कुनै पेशा गरेर पेट पाल्ने माध्यम दिन नसकिने नेपाल सरकार चलाउने ठेकेदार कसको हातमा छ । देशमा कमसेकम जनताको लागि दैनिकी काममा अल्झिने कुनै पनि माध्यम हुदाेहो त पठाओ जस्ता जोखिम माध्यम अपनाउन पर्ने बाध्यता हुने थिएनन् हाेला ।
जनताले “सोँच्ने बेला आएको छ” हाम्रो गैरजिम्मेवारीपनकाे सानाे गल्तिले गर्दा देशकाे उच्च तहमा गलत नीति बनाउने खराब मानिस पुगिरहेका छन । जनताको लागि सरकार हुनुपर्नेमा जनताका लागि सरकार छैनन्, । सरकारको नाममा एकलौटी एकल जातीय नश्लवादले चलाएको प्रशासन र सुशासन निति नेपाली जनताले कहिले सम्म झेल्नुपर्ने हाे ? अब जनता जाग्नु पर्छ ।










