काठमाण्डौ । यही जेठ ६ गते वाग्मती प्रदेशमा र २७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा भोट हाल्न जानेहरुले अनिवार्य ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको भेरिएन्ट सहितको कोेरोना भाइरस कोभिड १९ दोस्रो चरण बाट नागरिकहरुमा अत्यन्त धेरै प्रभाब देखिएसंगै सो को न्युनिकरणका लागि राष्ट्रिय शभाको चुनावमा सहभागीहरुको लागि अनिबार्य ७२ घण्टाको कोरोना रिर्पोटको ब्यबस्था गरिएको मतगणना आयोगका प्रबक्ता राजकुमार श्रेष्ठले बताए।

कोभिड सङ्क्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख, उप–प्रमुख, अध्यक्ष र उपाध्यक्षलाई मतदान केन्द्र ‘ख’ मा, र कोरोना सङ्क्रमण देखिएकालाई मतदान केन्द्र ‘ग’ मा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
मतदाताले मतदान केन्द्र प्रवेश गर्नुअघि स्वास्थ्य सावधानी राम्रोसँग पालना गरेको हुनुपर्ने र मतदान स्थलमा साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ । यस्तै पीसीआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मीलाई मात्रै मतदान स्थल, मतदान केन्द्र र मतगणना केन्द्रमा खटाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।










