Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

क्यासिनोहरुले धमाधम तिर्न थाले रोयल्टीबापतको रकम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 15, 2022

काठमाडौं । क्यासिनोहरुले लामो समयदेखि बक्यौता रहेको रोयल्टीबापतको रकम धमाधम तिर्न थालेका छन् । पर्यटन विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा मात्र डेढ दर्जन क्यासिनोले सरकारलाई रोयल्टी तथा नविकरण दस्तुर बुझाइसकेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा मात्र क्यासिनोबाट सरकारले ७५ करोड ४५ लाख रुपैयाँ असुल उपर गरिसकेको छ । यस्तो राजस्व निवेदन दस्तुर, इजाजत दस्तुर, नविकरण दस्तुर तथा रोयल्टीका माध्यमबाट उठ्ने गर्छ ।

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनोमाथि कडाई गरि रोयल्टी बक्यौता भुक्तानीमा जोड दिएपछि रोयल्टी आउने क्रम बढेको छ । सोमबार मात्र सेन्ट्रल मिडिया प्रालिले सरकारलाई ४ करोड रुपैयाँ रोयल्टी बुझाएको छ ।

यस वर्ष १४ करोड २० लाख बैंक जमानत जम्मा

क्यासिनो सञ्चालनका लागि क्यासिनोहरुले राख्नु पर्ने बैंक ग्यारेन्टीमा समेत यस वर्ष उल्लेख्य प्रगति देखिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार बैंक जमानत रकम १४ करोड २० लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६/७७ सम्म क्यासिनोहरुले कुल ८४ करोड ८४ लाख ४७ हजार ८ सय ८४ रुपैयाँ राजस्व तिर्न बाँकी थियो ।

कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा १ अर्ब ९० करोड ९९ लाख ५५ हजार ९ सय २६ रुपैयाँ बराबरको लगत कसिएको थियो । त्यसरी लगत कसिएका क्यासिनोलाई मन्त्रालयले कडाइ गरेसँगै राजस्व आउने क्रम बढेको हो ।

मन्त्रालयका अनुसार रोयल्टी नबुझाउने क्यासिनो सञ्चालकहरुलाई निरन्तर ताकेता गर्ने क्रम बढाइएको छ । सम्पर्कमा नआउने क्यासिनो सञ्चालक र होटलमाथि सरकारले कारवाही गरेको हो । सोही अनुसार होटल याक एण्ड यति सरकारले बन्द गराएको छ ।

कुन क्यासिनोले कति तिरे ?

पर्यटन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार यस वर्ष हायात होटलमा रहेको प्राइड इन्टरटेन्मेन्ट प्रालि, होटल अन्नपूर्ण डेलामार रहेको एटलाइन्टिक रिक्रियसन प्रालि, मल्ल होटलमा रहेको बल्लिज नेपाल प्रालि र इभरेष्ट होटलमा रहेको डेन्टइन नेपाल प्रालिले ६ करोड ५० लाखका दरले राजस्व तिरेका छन् ।

यस्तै बाँकेस्थित भ्यू होटल सिद्धार्थमा रहेको ज्याकपट गेमिङ सेन्टर र बाराको इच्छा होटल परिसरमा रहेको स्माइल कलेक्सनले २/२ करोड रुपैयाँ राजस्व तिरेका छन् ।

बाँकेको होटल सोल्टी शिवक्रिम होटल्स तथा रिर्सोटमा रहेको इम्पेरियल इन्टरटेन्मेन्ट र सोल्टी होटलमा रहेको माजोङ इन्टरटेन्मेन्टले समेत ६ करोड ५० लाखका दरले रोयल्टी बुझाएका छन् ।

विभिन्न चार स्थानमा सञ्चालित रक इन्टरनेशनले ४ करोड, होटल निर्वाण भैरहवामा रहेको निर्भाना लक्जरीले १ करोड, होटल स्नेहा नेपालगन्जमा रहेको बेलिज इन्टरटेन्मेन्टले २ करोड ५ लाख रुपैयाँ रोयल्टी बुझाएका छन् ।

झापास्थित होटल मेची क्राउनमा रहेको भेगस रिक्रियसन प्रालिले ६ करोड ६० लाख, बाँकेस्थित होटल स्टारलाइटमा रहेको भेन्यू रिक्रियसन प्रालिले २ करोड ५ लाख, भैरहवास्थित होटल नान्स परिसरमा रहेको सिद्धार्थ गेमिङ जोन प्रालिले २ करोड ५ लाख, बाँकेस्थित कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा रहेको ओम क्रयम्बकम इन्टरटेन्मेन्टले २ करोड ५ लाख र बाँकेको नेपालगञ्जस्थित होटल सिटी प्यालेसमा रहेको सेपियर इन्टरटेन्मेन्टले समेत २ करोड ५ लाख रुपैयाँ राजस्व तिरेको छ । होटल अलफ्टमा रहेको बाल्डो डाइनेष्टी इन्टरटेन्मेन्टले ६ करोड ६० लाख रुपैयाँ राजस्व तिरेको छ ।

मन्त्रालयका अनुसार विभिन्न स्थानमा क्यासिनो चलाउने सेन्ट्रल मिडिया प्रालिले सोमबार ४ करोड बुझाएसँगै यो वर्ष राजस्व ७५ करोड ४५ लाख रुपैयाँ संकलन भएको हो । onlinekhabar.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved