काठमाण्डौ। यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ।
आज बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। कोरोना महामारीले पठनपाठन प्रभावित भएको जनाउँदै बोर्डले नियमित समयभन्दा एक महिना ढिलो हुने गरी परीक्षा सञ्चालन गर्न लागेको हो। बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई समेत लक्षित गरेर वैशाख ९ गतेदेखि परीक्षा संचालन गर्न लागिएको शर्माले जानकारि दिए।











