Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्थानियतह निर्वाचन मिति ताेकिनाे स्वागतयाेग्य छ : एमाले

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 8, 2022

काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वागत गरेको छ । सरकारले निर्वाचनको मिति तोक्नमा आलटाल गर्दै गर्दा एमाले निकटको जनवर्गीय संगठन आन्दोलन गरिरहेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । एमालेले यसअघि सरकारलाई निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै दबाब दिँदै आएको थियो ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन मिति सरकारले निर्णय गर्नु सकारात्मक रहेको टिप्पणी गरेका छन् । निर्वाचन मिति घोषणा गर्नु सकारात्मक कुरा रहेको बताउँदै उनले संविधान र कानुनअनुरूप काम हुँदा पनि खुसी हुनुपर्ने अवस्था आएको टिप्पणी गरे ।

‘मुलुकको संविधान र राज्यका कानुनले किटान गरेको व्यवस्थाअनुरूप काम हुँदा पनि खुसी मान्नुपर्ने स्थिति आएको छ’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘मुलुक, जनता र प्रणालीप्रति घात गर्ने कुरा भइरहेको थियो । कुनै तर्क–कुतर्क गरेर समेत निर्वाचन सार्ने खेल भइरहेको थियो । तर, केही नलागेपछि निर्वाचन घोषणा भयो ।’

पाँच दलीय गठबन्धनका नेता र सरकारले संविधान र स्थानीय तह निर्वाचन ऐन–२०७४ बाझिएको भन्दै संविधानअनुसार ऐन संशोधन गर्नुपर्ने तयारी गरेका थिए । तर, एमालेसहितका दलको दबाबका कारण सरकारले निर्वाचन मिति निर्णय गर्न बाध्य भएको उनले बताए ।

निर्वाचनलाई सकारात्मक रूपमा लिएर सफलताका साथ सम्पन्न गर्न आफूहरूले सरकारलाई सघाउने उनले बताए । एमाले पहिलेदेखि नै निर्वाचनको पक्षमा रहेको बताउँदै पोखरेलले सरकार चुनाव घोषणा गर्न बाध्य भएको बताए ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको मिति घोषणा गर्नुलाई एमालेले सकरात्मक रूपमा लिएको बताए । निर्वाचनको मिति घोषणा गर्ने परिस्थिति निर्माण गर्न एमालेले दबाब नदिएको भए सरकारले संविधानअनुसार निर्वाचन नगराउने रणनीतिमा रहेको उनले बताए । उनले तोकिएको मितिमै स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन गराउन सरकारलाई आग्रह पनि गरे ।
राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved