Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अग्नि सापकोटालाई सभामुखबाट हटाउने प्रस्ताव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 1, 2022

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले हटाउनका लागि प्रस्ताव ल्याउने तयारी गरेको हो ।

नेपाली काँग्रेससँग कुरा मिलेमा एमालेले केही दिनमै महाभियोग प्रस्ताव दर्ता गर्ने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार एमालेका प्रभाशावली नेताहरु काँग्रेसका नेताहरुसँग यसबारे छलफल बढाउन थालिसकेका छन् । विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्रहरुबीच छलफल बढेको हो ।

अमेरिकी सहयोगसम्बन्धी एमसीसीलाई रोक्न प्रचण्ड र माधव नेपाल लागेमा सभामुख तारोमा पर्ने निश्चितप्रायः भएको छ । सभामुखले एमसीसी टेबुल गर्न अवरोध गर्न सक्ने बुझाईका साथ देउवानिकटस्थहरु रणनीतिक रुपमा लागेका छन् ।

अर्कोतर्फ, ओली सभामुखको बर्हिगमन चाहिरहेका छन् । उनले एमसीसी पारित गर्न साथ दिने भन्दै देउवासँग सभामुख हटाउने प्रस्ताव नै गरिसकेका छन् ।

एमसीसी पारित गर्ने विषयमा प्रचण्ड सहमतिमा नआए देउवा ओलीसँग मिल्ने निश्चितप्रायः छ । त्यसका लागि भद्र सहमतिमा सभामुखको बर्हिगमनका अलावा सत्तामा देउवाको बलियो प्रभाव समेत रहने बुझिएको छ ।

संविधानमा के छ ??
संविधानमा सभामुख हट्ने व्यवस्थाहरु छन् । संविधानको धारा २९९ को उपधारा ६ बमोजिम सभामुखले लिखित राजीनामा दिएमा, व्यवस्थापिका संसदमा निजको सदस्यता नरहेमा, पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ सदस्यको बहुमतबाट पारित भएमा, मृत्यु भएमा पद रिक्त हुनेछ ।

सभामुखले पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्था छ । उपसभामुख नभएकाले अन्य कुनै सदस्यले गर्ने व्यवस्था छ । त्यस्तो प्रस्तावको छलफलमा सभामुखले भाग लिन र मत दिन पाउने व्यवस्था छ ।

सभामुखमाथि पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव पेश भएमा त्यस उपर छलफल भई निर्णय लिंदा दुई तिहाईले पारित भए पदमुक्त हुने संवैधानिक व्यवस्था छ । संविधान अनुसार सभामुखविरुद्ध प्रस्ताव पेश गर्ने तयारीमा एमाले रहेको बुझिएको छ । काँग्रेससँग कुरा मिलेलगत्तै उसले प्रस्ताव पेश गर्ने बुझिएको छ । reportersnepal.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved