Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पशुपतिमा सङ्ग्रहालय बनाइने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 1, 2022

काठमाडौं। राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे? पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ । यो हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति क्षेत्र विकास कोषले प्रदर्शनीमा राख्ने योजना बनाएको छ । त्यसका लागि कोषले पशुपति क्षेत्रको महास्नान घरमा नै सङ्ग्रहालय स्थापना गर्ने भएको छ ।

त्यसका लागि कोषले ठ्याक्कै मिति भने तय गरिसकेको छैन तर पनि आगामी शिवरात्रिको आसपासमा प्रदर्शनी गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले बताए । शिवरात्रि आगामी फागुन १५ गते परेको छ । इतिहासविद् डा गोविन्द टण्डनका अनुसार महास्नानघर आफैँमा ऐतिहासिक महìवको घर हो । नेपाल इन्भेस्टमेन्ट बैङ्कले करिब पाँच करोड रुपियाँको हाराहारीमा महास्नानघरलाई जीर्णोद्धार गरेपछि सङ्ग्रहालय बनाइने भएको हो ।

रणबहादुर शाहको पाला विसं १८३४/१८५५ मा महाशिवरात्रिमा पशुपति दर्शनका लागि आएकी तिरहुतिया विधवालाई मन पराएर रानी बनाएका राजा रणबहादुरले रानी बिरामी पर्दा रोग निदानको कामना गर्दै यही घरबाट प्रत्येक पूर्णिमाका दिन ८४ व्यञ्जनसहित पशुपतिनाथ महास्नान चलाएका हुन् । सङ्ग्रहालयमा पृथ्वीनारायण शाहका पालाका सुब्बा कुलानन्द झा, लिच्छवि राजारानीका केही सालिक, मल्लकालका राजारानीका सालिक, कलात्मक पानस दियो र पशुपतिनाथ मन्दिरमा ठूलो बसाहा राख्नुअघिको बसाहालगायतका कलात्मक सामग्री हुनेछन् ।

कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीका अनुसार चाँगुनारायणमा रहेको भन्दा पुराना शिलापत्र र अभिलेख पनि सङ्ग्रहालयमा राखिने छन् । पशुपतिनाथमा चाँदीको ढोका राख्ने शक्तिवल्लभ र राधावल्लभ अज्र्यालको सालिक पनि सङ्ग्रहालयमा राखिनेछ । सूचना अधिकृत अधिकारीका अनुसार इतिहासमा प्रथम अभिलेख मानिएको वि।सं। ५२६ को चाँगुनारायणको अभिलेखभन्दा अघि विसं ५२१ को राजा मानदेवको अभिलेख यहाँ राखिएको छ ।

मानदेव, अंशुवर्मा र उनका रानी परिवारका मूर्ति पनि राखिनेछन् । चाँगुनारायणभन्दा अघिको अभिलेख भने पशुपतिनाथलाई भोग पकाउने सदावर्त भवनमा पाइएका हुन् । पशुपतिनाथ महास्नानघरलाई स्वयं राजा रणबहादुर शाहले उपयोग गरेको बताइन्छ । गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved