खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको वडा कार्यालय र विद्यालय तोडफोड भएको छ ।
बिहीबार राति ऐसेलुखर्क गाउँपालिका ३ को वडा कार्यालय र त्रिभुवन माबिको कार्यालय तोडफोड भएको छ ।
वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडि ढोका फोडेर भित्र प्रवेश गरि कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ ।
क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताए ।
त्यसैगरि विद्यालयको मूल ढोका र तीनवटा दराजको चाबी तोडफोड गरिएको छ । अन्य दराजमा खोजतलास गरेको कागजात छरपस्ट अवस्थामा फेला परेको विव्यास अध्यक्ष टेकेन्द्र राजभण्डारीले बताए।
वडा कार्यालय र विद्यालय तोडफोड भएको विषयमा इलाका प्रहरी कार्यालय, वडाध्यक्ष, स्थानीय बुद्धिजीवीलगायतको उपस्थितिमा सर्जमिन मुचुल्का उठाइएको छ ।
वडा कार्यालय र विद्यालय कसले तोडफोड गर्यो, पहिचान हुन सकेको छैन ।










