महेन्द्रनगर । कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ का ६२ वर्षीय पुरुषको आज (बिहीबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका उनको मंगलबार पीसिआर पोजेटिभ देखिएको थियो ।











