Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गहतराजको राजनीतिक भावना बुझिदेउ न कसैले !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 26, 2022

– हरि जिज्ञासु

आजभोली म अरु भन्दा पनि अबको इसाई समुदाय कतातिर जान्छ होला भनेर सोचेर बस्छु । सुरुको नेपाली इसाई इतिहास पल्टाउँदा र ती एतिहासिक पात्रहरुले परमेश्वरको निम्ति गरेको महान निश्वार्थ सेवालाई पढ्दा प्राया सबैको आँखाबाट शाहासिक आँसु बग्छन् । यो वर्तमान युगको इसाई पुस्ताले गरेको कार्यशैली देख्दा कहिले मनमा हाँसो उठ्छ कहिले मनमा निरासा पैदा हुन्छ ।

अरु भित्रि पीर व्यथा त कति छन् कति, ती आउने दिनहरुमा प्रशंगबस लेखौँला,पढौँला । नेपाली इसाइत्व बुज्दै जाउँला । अहिले हालसालै चर्चामा आएको विषय नेपाल राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.वि गहतराजले पार्टी दर्ता गरेर आफ्नो जीवनलाई राजनीतिमा खर्च गर्दैछन् भन्ने हल्ला छ । यहि विषयलाई उठान गर्दा राम्रै होला ।

म इसाईहरुले राजनीति गर्नुहुन्न भन्ने पक्षमा रहेको व्यक्ति होइन् । स्वच्छ र सफा राजनीति गरेर इसाईहरु देशको नेतृत्वदायी स्थानमा पुग्नुपर्छ भन्ने मान्छे हुँ । उच्चस्तरीय राजनीतिक दलहरुको खिचातानी, माओबादीको दुःखान्तमय फुट, कम्यूनिष्टहरुको नमिल्दो निती तथा कार्यक्रमले नेपाली जनाको राजनीतिक तृष्ण मर्दै गएको छ । तर पनि भरत गिरी, वि.पि खनाल,जयवन्त विक्रम शाह लगायतका अन्य व्यक्तिहरुले राजनीतिबाट देशलाई निकास दिने सपना देख्नु धेरै ठूलो कुरा हो । यस्तो महान विचारको कदर हामीले गर्नैपर्छ ।

ख्रीष्टियन महासंघका अध्यक्ष सि.वि गहतराजलाई धेरै पास्टर ज्यूहरुले पहिलेदेखि नै यसले राजनीति गर्दैछ भनेर संकामय भाषा उद्घोष गर्दैहुनुहुन्थ्यो । नेपाल राष्ट्रिय ख्रीष्टियन महासंघको विधिविधानले इसाई समुदायको स्वाभिमान र पहिचानको भाषा बोलेपनि सि.वि गहतराजको कार्यशैलीले राजनीति गर्दैछ भनेर संकामय भाषा जसले पनि सजिलै बुज्न र बोल्न सक्थ्यो । राजनीतिमा सफल हुन सक्ने व्यक्तिको रुपमा म पनि सि.वि गहतराजलाई बुज्थेँ र बुज्छु पनि । तर अहिले उहाँले पार्टी दर्ता गरेर राजनीतिको माद्यमबाट देशको सेवा गर्छु भनेर हिड्दै गर्दा जनताले सि.वि गहतराजको विश्वास कतिसम्म गर्छ र उनले जनताको विश्वास कतिसम्म जित्न सक्छन् भन्ने कुरा ठूलो हो ।

अहिलेसम्म नेपाली राजनीतिको खेल मैदानमा कुनै पनि नेता पूर्णरुपले सफल भएको म देख्दिन । भर्खर नयाँ दर्ता भएका पार्टीहरुलाई त झन जनताले पत्ताउनै छोड्यो । एकतामा आउन नचाहानेलाई त झन जनताले राम्रो मान्छ जस्तो मलाई लाग्दैन । त्यसकारण सि.वि गहतराजको राजनीति पनि चाँडै नै सफल हुन्छ भन्ने कुरामा मलाई संका नै लाग्छ । किनकि राजनीतिप्रति जनताको धेरै बितृष्ण छ । हुन त सि.वि गहतराजको आफ्नो आन्तरिक विचार मेरो भन्दा धेरै फराकिलो हुन सक्छ ।

अब कुरा रह्यो इसाई धर्ममा आस्थावान व्यक्तिहरुले नेतृत्व गरेका पार्टीहरु जनजागरण पार्टी नेपाल, आमूल परिवर्तन मसिह पार्टी र मुक्ती आन्दोलन पार्टी किन एकतामा छैनन् ? उनीहरुको पार्टी भित्रको पदयी गञ्जागोल शैलीकै कारण अहिलेसम्म नमिलेको प्रष्ठ देखिन्छ । भरत गिरी र वि.पि खनाल मिलेर जाने भनी माओबादी केन्द्र र ऐमालेको सिको गर्दै दुईवटा अध्यक्ष भएको हामीले देखेकै त हो । यसको मत्लब झुक्न र कम्जोर हुन दुबैले नचाहेको होइन र ? अहिले सि.वि गहतराज राजनीति पार्टी दर्ता गर्छु भन्दै हिड्दैछन् उनलाई पनि अध्यक्ष पद नै चाहिएको छ भनेर बुज्न कहाँ गाह्रो छर ? मानौ: भरत गिरीले एकता गर्न मानेन रे ।

लोकमणी ढकालले पार्टी स्थापना गर्दा जनजागरण पार्टीको संस्थापक महासचिव सि.वि गहतराज थिए भने अब गहतराजले जनजागरण पार्टीमै रहेर राजनीति गर्दा पनि राम्रो हुन्थ्यो ? सफलता चाहने र राजनीतिप्रति तिर्ब तृष्ण भएको व्यक्तिले धैर्य गर्नु राम्रै त होला नी ? पार्टी भित्रको अन्र्तसंघर्षबाट माथि उठ्न् सक्ने व्यक्तिलाई जनताले राम्रो मान्छन् र राम्रो पनि हुन्छ । मेरो विचारमा सि.वि गहतराजले पनि तातै खाउँ जल्दै मरिजाउँ जस्तो नगर्दा हुन्थ्यो जस्तो लाग्छ मलाई । जनजागरण पार्टीका अध्यक्ष वि.पि खनालले पनि सि.वि गहतराजको राजनीतिक चाहनाको भावलाई राम्रोसँग बुज्नु आवश्यक छ ।

सि.वि गहतराको राजनीतिक भावनालाई दर्ता भएर आफ्नो एउटा अस्तित्व निमार्ण गरेका आमुल परिवर्तन र जनजागरण लगायतका पार्टीहरुले चाँडै बुज्दा राम्रो होला । यदि सि.वि गहतराजको नेतृत्वमा फेरी अर्को पार्टी दर्ता भयो भने नेपाली इसाई समुदायले तपाईँहरु कसैलाई पनि समर्थन गर्छ जस्तो मलाई लाग्दैन । पदको लोभमा मोहित हुनेहरुलाई पनि के नेता बनाउनु भन्ने झोक पक्कै चल्न सक्छ । यदि शिद्धान्तको कारण मिलेको होइन भने पनि मिलाउनु प¥यो । अहिलेका दिनसम्म इसाई समुदायको चाहना भनेकै भरत गिरी, वि.पि खनाल, सि.वि गहतराज, जयबन्त विक्रम शाह लगायतका नेताहरुलाई साँसदमा पु¥याउनुपर्छ भन्ने झिनो आशा बोकेका छन् ।

यदी तपाईहरु मिल्नुभएन र एउटाले अर्काको अस्तित्व स्वकार भएन भने तपाईँहरुको राजनीतिमा उतारचडाब आउँछ । इसाई समुदायले तपाईहरुलाई पत्ताउन छोड्छ । विचार र शिद्धान्त तपाईँहरुको नमिलेको पक्कै होइन पद नै नमिलेको प्रष्ठ देखिन्छ । एकतामा आएर एउटै शिद्धान्त प्रतिपादन गरी एउटै संकल्प लिएर अगाडि बड्नुहोस् त तपाईहरुको पक्षमा तालि बज्न सुरु गर्छ । यति गर्नुभयो भने हाम्रो वि.पि खनाल पनि सांसद, भरत गिरी पनि साँसद र सि.वि. गतहतराज पनि साँसद आह ! क्या गजब देखिने हाम्रा मान्छेहरु साँसद हुँदा । हाम्रा मान्छेहरु त मन्त्री तथा प्रधानमन्त्री बन्नुपर्छ ।

तर नमिलेर अमिल्दो पदीय राजनीति गर्ने हो भने त सि.वि गहतराजले पनि पार्टी दर्ता गरेर अगाडि बढ्नै पर्ने हुन्छ । जुन पार्टीको शिद्धान्त,नेतृत्व राम्रो छ त्यहि अगाडि बढ्छ यदि राम्रो भएन भने त त्यहि टिठलाग्दो पारामा फेसबुकमा लेख्ने बस्ने पार्टीको अध्यक्ष हुँ भनेर गुम्म पर्ने यतिकै दिन बित्न् सक्छ हजुर ।

: लेखक संचारकर्मी तथा बोलावट पत्रीकाका प्रकाशक  हुन !

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चुनाव बिथाेल्न गाडिमा आगजनि गर्ने प्रसाईंकाे दुई सहयाेगी पक्राउ

  • March 3, 2026

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved