Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 24, 2022

काठमाडौं । कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त भएको छ। अधिकांश सरकारी कार्यालयहरूले अत्याबश्यकीय सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालका अनुसार जिप्रका काठमाडौंमा कार्यरत ६७ जना कर्मचारीमध्ये करिब ५० जना कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ।

जसको कारण जिप्रका काठमाडौंबाट प्रदान गर्दै आएको नागरिकता, नागरिकताको प्रतिलिपि, पासपोर्ट, तथा राष्ट्रिय परिचयपत्र जस्ता सेवा पूरै बन्द गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल आफैं कोरोना संक्रमित भएका छन्। उपत्यकाका ३ जिल्लाले आइतबारदेखि उपत्यकाका सरकारी कार्यालयमा आलोपालो प्रणाली लागु गरेका छन्। धेरैजसो कार्यालयले भिडभाड हुने सेवाहरू नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट, लाइसेन्स, जग्गा खरिद बिक्री जस्ता सेवा बन्द भएका छन्। यसैगरी माघ ११ गतेदेखि लोकसेवा आयोगका सबै परीक्षा स्थगित गरिएको छ।

गृह मातहतका कर्मचारीमध्ये झण्डैझण्डै आधाजसोमा कोरोना संक्रमण देखिएपछि फ्रन्टलाइनका सेवा बन्द गरिएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंका धेरैजसो कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार र आइतबार गृह मन्त्रालयका कर्मचारीलाई पठाएर काम सम्पादन गरिएको छ ।

भूमि व्यवस्थापन विभाग र नापी विभागले पनि धेरैजसो ठाउँमा जग्गा प्रशासन, खरिद–बिक्री, नक्सा प्रिन्ट जस्ता सेवा बन्द गरेका छन्।

अहिले अधिकांश सरकारी कार्यालयमा आधाजसो कर्मचारी संक्रमित अवस्थामा छन्। जसको कारण धेरैजसो सरकारी कार्यालयहरू सुनसान झैं देखिएका छन्। .नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved