खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले मास्क लगाउ अभियान संचालन गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि शनिबार नगर प्रमुख इवन राईको संयोजकत्वमा मंन्दिर प्रांगन बाट र्यालि सहित बैंकचौक, लाकुरी भन्ज्याङ, ग्यारेजटोल लगाएतका क्षेत्रमा अभियान संचालन गरेको हो ।
अभियानले मास्क नलगाएका व्यक्तिहरुलाई मास्क वितरन गरेको छ भने प्रत्येक दिन मास्क अनिवार्य लगाउन माईकिङ समेत गरेको छ । अभियानमा नगरप्रमुख इवन राई, प्रहरी निरीक्षक प्रमोद कार्की,राजनैतिक दलका नेता तथा कार्यकर्ता, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी लगाएत स्थानियबासीहरुको सहभागीता रहेको थियो ।

आईतबार बिजुले, अर्खौले, हलेसी, दुर्छिम, च्यास्मीटार र जयरामघाट बजारमा माईकिङ गरी अभियान संचालन गरीने नगर स्वास्थ्य संयोजक खेमराज आयार्यले बताए ।










