Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आकासियो महँगी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 22, 2022
काठमाडौं।  लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने? कसरी आफू बाँच्ने? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबापत ७ हजार रुपैयाँ तिनुपर्छ । फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन् । ‘महिनामा १०/१५ हजार रुपैयाँ कमाइ हुँदा पहिला त खान पुग्थ्यो । अहिले त महिनाभरि खानै पुग्दैन,’ उनले भनिन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि बच्चालाई कसरी पाल्ने, घरको चुलो कसरी बाल्ने चिन्ता बढेको छ उनलाई । दुःखेसो पोख्दै तामाङ भन्छिन्, ‘बजारमा सामान किन्न जाँदा छोइसक्नु छैन महँगीले ।’

‘बजारमा एक किलो चिनीको १ सय रुपैयाँ पर्छ, तेल, दाल, चामल, गेडागुडी सबै उतिकै महँगो छ । कसरी किनेर खाने?’ फूलमायाले भनिन्, ‘चिसो छ तर चिनी महँगो भएकाले घरमा चिया पकाउन छोडिसकेकी छु । कमाइले नधानेपछि हप्ताको एक दिन छोरा छोरीलाई कुखुराको मासुसमेत खुवाउन छाडिसकेको छु ।’

काभ्रे घर भई हाल काठमाडौंको अनामनगरमा कोठा भाडा लिएर बस्दै आएकी सीता गुरुङको पिडा पनि फूलमायाको भन्दा फरक छैन । बढ्दो महँगीले उनको पनि रातको निद्रा उडाएको छ । सीता गुरुङ पनि दैनिक ज्याला मजदुरी गरेर महिनामा मुिस्कलले १२/१५ हजार रुपैयाँ कमाउँछिन् । कोठा भाडा ७ हजार रुपैयाँ तिर्नुपर्छ । उनलाई साथ दिने श्रीमान् सँगै छैनन् । तर, दुई बच्चाको स्याहार सम्भार उनी आफैंले गर्नुपर्छ ।

उनी पनि अरूकै घरमा भाँडा माझ्ने र लुगा धुने गर्छिन् । दुःखेसो पोख्दै गुरुङ भन्छिन्, ‘महँगी जति बढे पनि हुने खानेलाई केही फरक पर्दो रहेनछ । फरक पर्ने भनेको हामीजस्ता गरिबलाई मात्र हो ।’

सीता गुरुङ र फूलमाया तामाङ त एउटा उदाहरण मात्र हुन् । पछिल्लो समय महँगीले आकास छोएपछि सर्वसाधारणलाई दैनिक गुजारा गर्न कठिन भएको छ । सरकारी निकाय भने बजार महँगीलाई नियन्त्रण गर्न छोडेर मूकदर्शक बनेर बसेको छ । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved