Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 21, 2022
काठमाडौं। सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ ।नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि कुनै पनि प्रक्रिया अगाडि बढाएको थिएन । गत १४ साउन बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि बोर्डले हालसम्म कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओपश्चात् पछिल्लो समय आईपीओ निष्कासन भएको छैन ।

सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री गरेको थियो ।नेपाल धितोपत्र बोर्डले बुधबार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंग्याएको हो ।

बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरीका अनुसार ती कम्पनीहरूले प्राथमिक सेयर निष्कासनका लागि धितोपत्र सूचीकरण र आह्वानपत्र स्वीकृतिको काम भने गर्न बाँकी नै छ ।

बलेफी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसमेतमा कुल ३६ लाख ५५ हजार ९ सय ४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।

त्यस्तै, ग्रिन भेन्चरस लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २८ फागुन २०७७ बाट धितोपत्र बोर्डमा निवेदन दिएको थियो । जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २४ असार २०७८ बोर्डमा निवेदन दिएको थियो । नेस्डो लघुवित्तले भने ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ बिक्रीका लागि ६ असार २०७८ निवेदन दिएको थियो ।

बोर्डमा ३१ कम्पनीको ८ अर्ब ५० करोड ८७ लाख ८४ हजार ४ सय रुपैयाँबराबरको ७ करोड ८३ लाख ६७ हजार ८ सय ४४ कित्ता आईपीओ निष्कासन स्वीकृतिको पर्खाइमा रहेका छन् । हाल धितोपत्र बोर्डमा यी पाँचवटा कम्पनीसहित ३१ वटा कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन् । राजधानी दैनिकबाट


प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved