नेपालमा देशभर बिहीबारसम्म ५७ हजार ३ सय २८ जना संक्रमितमध्ये उपत्यकामा मात्रै ३७ हजार ९३ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ६ हजार ९ सय ८१ संक्रमित थपिएका थिए ।

गत २ माघमा देशभर कोरोना संक्रमितमध्ये उपत्यकामा ६७.४३ प्रतिशत नयाँ संक्रमित थपिएका थिए । त्यसपछिका दिनको तथ्यांक हेर्दा दैनिक जसो ५० प्रतिशतभन्दा बढी संक्रमित थपिएको देखिन्छ । ३ माघमा ५८.४९ प्रतिशत, ४ माघमा ५४.०९ प्रतिशत, ५ माघमा ५५.१७ प्रतिशत र ६ माघमा ५६.५९ प्रतिशत कोरोना संक्रमित थपिएका छन् ।










