चार वर्ष पहिलेदेखि नै सञ्चालनमा रहेको साइक्लिङ कोरोनाका कारण रोकिएको थियो । अहिले कोरोनाको महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरेर साइक्लिङ शुरू गरिएको कम्पनीले बताएको छ ।अध्यक्ष कार्कीका अनुसार साइक्लिङ गर्ने डोरी दुईतर्फी गरेर ६०० मिटर छ । साइक्लिङका लागि प्रतिव्यक्ति शुल्क ३ हजार ५०० रुपैयाँ रहेको छ ।

सञ्चालन शुभारम्भको अवसरमा यसमा हजार रुपैयाँ छूट दिइएको छ ।उक्त स्थानमा बञ्जी वा स्विङ गर्नेलाई अतिरिक्त २० प्रतिशत पनि छूट दिइएको बताइएको छ । साहसिक खेलप्रति पछिल्लो समय युवाको आकर्षण बढेकाले स्काई साइक्लिङ थपिएको कम्पनीका निर्देशक नेत्र पराजुलीले बताए । बागलुङको बलेवातर्फ २६ रोपनी जग्गामा रिसोर्टसहितका संरचना निर्माण भएका छन् । आर्थिक अभियान दैनिक










