Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हुमन राइट्स भन्छ, नेपाल नागरिकको सुरक्षा गर्न ‘असफल’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 15, 2022

काठमाडौं । कोभिड–१९ लाई सही हिसाबले सम्बोधन गर्न नसक्दा सन् २०२१ मा नेपालमा स्वास्थ्य सेवाको अपर्याप्तता तथा असमानताको स्थिति झन् बिग्रेको मानवअधिकारसम्बन्धी एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ।

मानवअधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हुमन राइट्स वाचले सन् २०२२ को प्रतिवेदनमा महामारीलाई सरकारले यथोचित रूपमा सम्बोधन गर्न नसक्दा रोक्न सकिने मृत्युलाई पनि रोक्न नसकिएको, दण्डहीनताको संस्कृति बढ्दा आधारभूत मानवअधिकारको सुरक्षा हुन नसकेको उल्लेख गरिएको छ।

‘प्रभावकारी सरकारी नेतृत्वको अभावले नागरिकको अधिकारको क्षेत्रमा थोरै मात्र काम हुन सकेको छ। यसरी लाखौं जनताले पर्याप्त स्वास्थ्य र शिक्षा सेवा पाउन सकेका छैनन्,’ हुम्यान राइटस वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गांगुलीले भनेकी छन्।

उनले पछिल्ला सरकारले द्वन्द्वकालमा भएका हिंसाका घट्नालाई सम्बोधन गर्न असफल भएको तथा दण्डहीनताको संस्कृति बढेको र प्रहरीले कानुनभन्दा बाहिर रहेर कामकारबाही अगाडि बढाउने गरेको पनि बताइन्।

उक्त संस्थाको ७५२ पेज लामो ‘वल्र्ड रिपोर्ट २०२२ मा विश्वका सय देशको मानवअधिकारको स्थितिको समीक्षा गरिएको छ। उक्त अन्तर्राष्ट्रिय संस्थाका कार्यकारी निर्देशक केनेथले विश्वका विभिन्न देशमा मानिसहरू सडकमा प्रदर्शनमा उत्रेको बताउँदै प्रजातन्त्रको महत्व अझ बढेको बताएका छन्। उनले प्रजातन्त्रले अत्यधिक मात्रामा लाभांश दिन सफल हुनुपर्ने बताए।

नेपालको सन्दर्भमा यसअघिको केपी ओली सरकार र अहिलेको शेरबहादुर देउवाको सरकारले द्वन्द्वपश्चात्का संक्रमणकालीन न्यायलाई सही हिसाबले सम्बोधन गर्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यसैगरी संसद् विघटन, आन्तरिक राजनीतिक द्वन्द्व र प्रधानमन्त्रीको पदमा भएका दाबेदारीका कारण महिनौंसम्म मानवअधिकारचुनौती बढेका पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसैगरी महामारीको उत्सर्गमा अक्सिजनको अभावमा मानिसको मृत्यु भएको तथा स्वास्थ्य सेवा केन्द्रमा बच्चा जन्मने दरमा ह्रास आएको तथा बालश्रम बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ। नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved