काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका ५ हजार ८७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।











