Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वास्थ्य सुरक्षा सावधानी सम्वन्धी खाेटाङकाे ७ बुँदे आदेश जारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 13, 2022

खोटाङ । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ ।

कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउनका लागि भन्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बिहिबार राती १२ बजेदेखि अर्को सूचना नभएसम्म लागू हुने गरी स्वास्थ्य सुरक्षा सावधानी सम्वन्धी ७ बुँदे आदेश जारी गरेका हुन् ।

 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिस एवं गृह–मन्त्रालयको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै प्रजिअ दाहालले स्वास्थ्य सुरक्षा सम्वन्धी आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले कोभिड–१९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक लगायतका गतिविधिहरु सञ्चालन गर्दा तथा घर बाहिर वा सार्वजनिक स्थलमा निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, समय–समयमा सावुन पानीले हात धुन वा सेनीटाइजरको प्रयोग गर्न लगायतका स्वास्थ्य सम्वन्धी मापदण्डको अनिवार्य पालना गर्न/गराउन आग्रह गरेको छ ।

२५ जना भन्दा बढी मानिसको उपस्थितिमा हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सव एवं सामाजिक लगायतका कार्यहरु नगर्न/नगराउन आदेश जारी गरिएको छ ।

धेरै मानिस उपस्थित हुने गरी राजनीतिक, प्रशासनिक, सामाजिक एबं भिडभाड हुने प्रकृतिका कार्यक्रम नगर्न/नगराउन, अत्यावश्यक र नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन आदेशमा भनिएको छ ।

आगामी ७ माघदेखि कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क लगायतका सार्वजनिक निकाय तथा स्थलमा प्रवेशका क्रममा अनिवार्य खोप कार्ड देखाउनु पर्ने आदेश जारी गरिएको छ ।

साथमा खोप कार्ड नभएको अवस्थामा मोबाईलमा चिखेको खोप कार्डको तस्बिर देखाएर पनि सार्वजनिक स्थानमा प्रवेशको अनुमती दिइने प्रशासनले जनाएको छ । यस्तै, सम्वन्धित स्थानीय तहले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा २६ पुसमा जारी विज्ञाप्ती अनुसार कार्य गराउन, सेवाग्राहीको बढी चाप हुने कार्यालयमा भीडभाड नहुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्ने भनिएको छ ।

सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न, सबै यात्रुले अनिवार्य मास्क लगाउन, मास्क नलगाउने यात्रुलाई सवारी साधन प्रवेश गर्न नदिन, सवारी साधनको ढोकामा सेनीटाइजरको व्यवस्था गर्न, चालक र सह–चालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनलाई दैनिक सेनीटाइज गर्न प्रशासनको आदेश छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved