चर्चित गायक राजेशपायल राईमाथि हातपात भएको छ । विशेष सांगीतिक कार्यक्रमका लागि न्यूयोर्क सहर पुगेका उनीमाथि एक युवकले हमला गरेका हुन् । नेपाली समयअनुसार झण्डै बिहान १०ः०० बजे स्टेजमा गाईरहेका राईलाई पछाडीबाट आएका ती युवकले घाटीमा समातेर लडाएका थिए ।जतिबेला गायक राईले ‘मैले मायाले दिएको चिनो, राख्यौँ कि फाल्यौ’ बोलको गीत म्यूजिक ट्र्याकमा गाइरहेका थिए ।
जेठोखबरलाई प्राप्त भिडियो फुटेजमा देखिए अनुसार राईलाई समातेर लडाउदा उनले ‘हट’ भनेको सुनिन्छ । त्यसपछि सबै साउण्ड सिस्टम बन्द गरिएको थियो । तर, उनीमाथि यस्तो किन भयो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन । स्टेजमा यस्तो अभद्र व्यवहार भएपछि राइका समर्थक दर्शकहरुले को हो त्यो रु त्यसलाई मार्मार् भन्दै चिच्याए को पनि देखिएको छ । राईमाथि भएको हमला पछि विश्वभर रहेका उनका शुभचिन्तकले आक्रोश पोखेका छन् । अमेरिका, बेलायतलगायतको बिभिन्न युरोपियन मुलुकको कार्यक्रमका लागि भन्दै उनी केही दिनअघि नेपालबाट उडेका थिए । अघिल्लो दिन न्यूयोर्क झरेका उनलाई कार्यक्रमस्थल पुर्याएको आयोजकले कलाकारको शान्ति सुर क्षा गर्न नसकेको भन्दै आ लोचना समेत सुरु भएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा ‘मेघा स्टार राई इज किङ’को उपनामले चिनिने राजेशपायलले २०४६ सालमा गाएको ‘फैलियो माया दुबोसरी’ बोलको गीत सर्वाधिक चर्चीत भएको थियो । जुन अहिलेसम्म पनि लोकप्रिय छ । राईद्धारा स्वरबद्ध सागरसरी चोखोमाया, दर्शन नमस्तेजस्ता हजारौँ गीतहरुले चर्चाको शिखर चुमेका छन् । उनले एकै दिनमा १७ वटा बिभिन्न भाषाको गीत रेकर्ड गरेरसमेत कीर्तिमान कायम गरीसकेका छन् । जेठो खबरबाट साभार










